© २०२३
बुटवल, १७ भदौ । समुदायको आवश्यकता र मागलाई मध्येनजर गर्दै रोटरी परियोजनाहरु ल्याउनुपर्ने पुर्व रोटरी डिष्ट्रिक फाउन्डेसन चेयर राजेन्द्र लम्सालले जोड दिएका छन । सामाजिक सेवा भावनाकै कारण अन्तराष्ट्रिय मंचमा छाप बनाएको रोटरी हरेक सदस्यलाई प्लेटफर्मसंगै अवसर सृजना गर्ने थलो भएको उनिहरुको दाबी छ । रोटरी क्लब अफ बुटवलको १५२९ औ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा पुर्व रोटरी डिष्ट्रिक फाउन्डेसन चेयर राजेन्द्र लम्सालले रोटरी ईन्फोरमेसनबारे जानकारी दिदै हरेक नया सदस्य रोटरीबारे जानकार हुनुपर्ने बताए ।
रोटरीको स्थापना, रोटरीको संरचना, यसमा सदस्य बन्दा हुने फाईदा, समाजलाई अन्तराष्ट्रिय मंचमा जोड्ने अभियान, रोटरी र सेवा भावनाका कुराहरुबारे बिस्तृत चर्चा गर्दै उनले रोटरीबारे राम्रो ज्ञान नहुदा समुदायमा गलत संदेश जान सक्ने बताए । प्रत्येक वर्ष विभिन्न देशमा आयोजना गरिने रोटरी अन्तराष्ट्रिय सम्मेलन र यसको सहभागी हुदाको अनुभवबारे सुनाउदै उनले आफनो समुदायको आवश्यकतालाई रोटरी प्रोजेक्ट हुदै ग्राण्डमा पार्न सकिने सम्भावनाहरु समेत बताए ।
कार्यक्रममा क्लबका अध्यक्षले प्रज्वल थान्जुले नारायणी पारीको सबैभन्दा पहिलो क्लबका रुपमा बुटवलको पहिचान रहेको भन्दै धेरै सफल ब्यक्तित्वहरु क्लबको नेतृत्वमा रहेर समुदायको हितमा कामहरु गर्न सफल भएको दाबी गरे । रोटरी क्लबहरुबाट स्थापना गरिने रोटरी सामुदायिक गाउको आर्थिक, सामाजिक परिवर्तनका धेरै कथाहरु रहेको भन्दै यस्ता कुराहरु अन्यलाई समेत प्रेरणा बन्न सक्ने उनले बताए । रोटरीको परिचय दिदा गर्व हुने गरि समुदायमा काम गर्नुपर्ने उनले बताए ।
बैठकमा क्लबका सचिव बिरेन्द्र राना, कोषाध्यक्ष रो. ई. लक्ष्मण प्रसाद श्रेष्ठले क्लबलाई चलायमान बनाउने गरि रचनात्मक काममा जोड दिनुपर्ने बताए ।