© २०२३
बुटवल, १७ भदौ ।
प्रिमो एजुकेशन एण्ड भिसा सर्भिश बुटवलले बुवाको मुख हेर्ने दिन कुुुशे औंसीको अवसर पारेर मानव सेवा आश्रम बुटवलमा खाद्यान्न तथा फलफुल वितरण गरेको छ ।
समाजबाट टाढा भएका आफन्तको मायाबाट टाढिएकाहरुलाई सहयोग गर्ने उद्देश्यले सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ सोमबार फलफुल तथा खाद्यान्न वितरण गरेको हो । बुटवलको कालिकानगरमा रहेको प्रिमो एजुकेशन एण्ड भिसा सर्भिश बुटवलले दिनदुखीहरुको सहयोग जरुरी रहेको संस्थाका निर्देशक सागर केसीले बताए ।
बाबुको मुख हेर्ने दिन जसले आमाबुवा नै देखेनन् सधै अरुको साहारामा जिवन बिताउँदै आए, त्यस्ता दिनदुखी असहाय अशक्तलाई केही सहयोग गरौ भनेर सानो कार्यक्रम राखिएको बताए । केसीले भने “हामीहरुको सानो सहयोगले आफन्तबाट टाढा भएका आमाबुवा, दाजुभाई, दिदिबहिनीहरुलाई सानो सहयोगले माया मिल्ने भन्दै आउने दिनहरुमा सहयोगलाई थप गर्दै लैजाने केसीको भनाई छ ।
आफन्त वा समाजबाट असहाय अशक्त बनाउने जोकसैलाई राज्यले दण्डीत गनुपर्ने उनको भनाई छ । संस्थाका एसिस्टेन म्यानेजर एलिना दाहालले बिद्यार्थीहरुलाई ज्ञान दिनेमात्र नभएर समाजमा हुने हरेक सामाजिक कार्यक्रममा समेत संस्थाको सहभागिता गराउदै लैजाने बताईन् । कार्यक्रममा सस्थाकी मार्केटिङ म्यानेजर श्रीजना थापाले बृद्ध आमाबुवालाई सहयोग गर्न पाउदा खुसी लागेको भन्दै आउने दिनमा सहयोगलाई थप गर्दै लैजाने बताइन् ।