ट्रेंडिंग:

>> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री

अक्षयकोष स्थापना गर्न तीज मिलन

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

बुटवल, १७ भदौ ।

स्याङ्जा गल्याङ नगरपालिकाका रुपन्देही सम्पर्क समाजले अक्षयकोष स्थापना गर्ने उद्देश्यले तिज मिलन कार्यक्रम सम्पन गरेको छ ।

गल्याङ नगरपालिकाबाट अध्ययन, अध्यापन, रोजगारी तथा बसाईसराई गरेर रुपन्देही आएका सम्पुर्ण स्याङ्जा गल्याङ नगरपालिकाबासीहरुको हक हितमा काम गर्ने उद्देश्यले अक्षयकोष निर्माण गर्न लागिएको संस्थाका अध्यक्ष जनक कुमार श्रेष्ठले बताए । तिज मिलन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सम्पर्क समाजले जन्मथलो र कर्मथलोलाई जोडने पुलको काम गर्ने बताए ।

धेरै स्याङजालीको बसाई रहेपनि रुपन्देही जिल्लामा सम्पर्क समाज नहँुदा एकतावद्ध हुन नसकेको भन्दै आउँदा दिनहरुमा सम्पर्क समाजले जन्मथलोमा हुने विकास र कर्मथलोमा हुने सुखदुखमा समाजको भूमिका महत्वपूर्ण हुने प्रमुख पाण्डेयको भनाई छ । गल्याङ नगरपालिकाका नगरप्रमुख गुरु प्रसाद भट्टराईले रुपन्देहीमा रहनुहुने स्याङजा गल्याङ रुपन्देही समाजले समाजमा असल कर्म गरेर उदाहरणीय हुनुपर्ने बताए ।

नगरपालिकामा भएको स्रोतको पहिचान र गर्दै विकास निर्माणमा सबैको सहयोग जरुरी रहेको प्रमुख भट्टराईको भनाई छ । शैक्षिक, भौतिक, राजनीतिक चेतना जगाउँदै गल्याङ नगरको विकास गर्नुपर्ने अवस्था रहेको भन्दै युवाहरु वैदेशिक रोजगारीमा जाने बसाई सराईका कारण हिजोका हराभरा खेतबारी बाँझो भएका छन् ।

उपाध्यक्ष हेमा न्यौपाने तिमिल्सेनाले गल्याङ नगरपालिकाले तराई र पहाडलाई जोड्ने गरी विकास निर्माणका कार्यक्रमहरु सन्चालन गर्ने बताईन् ।

गाउँमै युवाहरुलाई स्वरोजगार गराउने गरी कामहरु सन्चालन गर्ने भन्दै उपाध्यक्ष न्यौपानेले गल्याङ रुपन्देही दुरीको हिसाबले टाढा नभएकाले तराईमा सिकेका सिपहरु कृषिकर्महरु जन्मभुमिमा समेत सन्चालन गरेर गाउँलाई आर्थिक रुपमा समृद्ध गराउन सबैको सहयोग आवश्यक रहेको बताइन् । गरिमा विकास बैंकका सञ्चालक समितिका अध्यक्ष श्याम प्रसाद बस्यालले सम्पर्क समाज गठनले रुपन्देहीमा उत्साह देखीएको बताए । संस्थाका बरिष्ठ उपाध्यक्ष एसपी खड्काले अक्षयकोष निर्माण तथा तिज कार्यक्रमले सबैलाई एक हुन सहयोग पुगेको बताए । कार्यक्रममा पिताम्बर अर्याल अमृता भण्डारी न्यौपाने लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?