ट्रेंडिंग:

>> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ- प्रधानमन्त्री >> ३६ औं झरना रनिङ शिल्ड फुटवल : गोर्खा ब्वाइज र भुपू सैनिक ११ बीच उद्घाटन भिडन्त >> गोकुल बास्कोटाको टिप्पणी- चितवनमा पाँच बर्षमा तीनवटा चुनाव हुने भो ! >> सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
कर्णालीमा जनतासँग मुख्यमन्त्री कार्यक्रम

मुख्यमन्त्री र नागरिकबिच प्रत्यक्ष छलफल हुने

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

सुर्खेत, १७ भदौ ।

कर्णाली प्रदेश सरकारले ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रमलाई थप परिष्कृत गरेर सञ्चालन गर्न लागेको छ । सरकार र नागरिकबिच छलफलको वातावरण बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सुरु गर्न लागिएको हो ।

चालु आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेटमा ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम समेटिएको छ । कार्यक्रम कार्यान्वयनका लागि चालु आर्थिक वर्षमा ३० करोड बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयद्वारा यसअघिदेखि नै सञ्चालित ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन हुँदै आएको थियो । सोही कार्यक्रमलाई नै थप व्यवस्थित बनाई जनतासँग मुख्यमन्त्री कार्यक्रम सञ्चालन गर्न लागिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा ‘हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याए पनि प्रभावकारी हुन नसकेकाले त्यसैलाई परिष्कृत गरेर नयाँ कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको छ ।

प्रदेश सरकारको कार्यसम्पादनको सम्बन्धमा मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा अन्तरक्रिया तथा छलफल गर्ने उद्देश्य नयाँ कार्यक्रमको रूपमा अघि सारिएको जनाइएको छ । जनताको माग र समस्याको बारेमा सम्बोधन गरी प्रदेश सरकारलाई जनउत्तरदायी बनाउन ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम ल्याइएको हो ।

कार्यक्रम कार्यान्वयनको अवधारणा पत्र निर्माणको चरणमा रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रम कार्यान्वयनको मोडालिटी तयार भइरहेको छ । कार्यविधि निर्माण गरेर कार्यक्रम कार्यान्वयन हुनेछ । कर्णालीका दशवटै जिल्लामा मुख्यमन्त्रीको प्रत्यक्ष सहभागितामा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिनेछ । जनता स्वयंको प्रत्यक्ष जिज्ञासा, गुनासा, सुझाव र प्रश्न लिएर प्रदेशको विकास,सुशासनमा गति दिने मुख्य उद्देश्य राखेर ‘जनतासँग मुख्यमन्त्री’ कार्यक्रम सञ्चालन गर्न लागिएको मन्त्रालयका प्रवत्ता कृष्णप्रसाद खरेलले जानकारी दिए । ‘विभिन्न तरिकाबाट नागरिकका गुनासो लिने कार्यक्रम त छदैछ त्योसँगै मुख्यमन्त्री प्रत्यक्ष नागरिकको बीचमा गएर गुनासो सुन्ने कार्यक्रम पनि थप भएको छ’ प्रवत्ता खरेलले भने, ‘यसले गर्दा आम नागरिकका गुनासा तथा समस्याहरुको पहिचान भई सेवा सुविधालाई प्रभावकारी बनाउन सहयोग पुग्दछ ।’ प्रत्यक वडासम्म मुख्यमन्त्री रोजगारलगायतका अन्य कार्यक्रमहरु सञ्चालन भएको र कार्यक्रमको प्रभावकारिताको विषयमा पनि बुझ्ने मौका मिल्छ ।

‘पछिल्लो समय प्रदेश सरकारप्रति नागरिकको वितृष्णा बढ्दै गएको छ’ खरेल भन्छन् , ‘यस अवस्थामा प्रदेश सरकारले सञ्चालन गरेका कार्यक्रमका विषयमा पनि जानकारी दिने गर्छाै ।’ उनले असोज महिनादेखि कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको जानकारी दिए । कार्यक्रमको प्रभाव दूरदराजसम्म पुगेको, सीमान्तकृत, दलित, आदिवासी जनजाति र अल्पसंख्यक समुदायको समस्यालाई सम्बोधन गर्न सफल भएको, गुनासो आउने दरमा वृद्धि भएकाले थप व्यवस्थित बनाउन लागिएको जनाए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?