ट्रेंडिंग:

>> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै >> दयाहाङ र रिश्मा फेरी एकसाथ, ‘रिमै’ को छायांकन शुरु

रुपन्देही उद्योग संघमा तीज मिलन कार्यक्रम

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

बुटवल, १७ भदौ ।

रुपन्देही उद्योग संघको आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ । संघको महिला उद्यमी समितिको आयोजनामा गरिएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रादेवी अर्यालले तीजको ऐतिहासिक सांस्कृतिक महत्व जोगाउनु पर्ने बताउँदै पहिले यो पर्व महिलाहरुको मात्रै भए पनि अब आम नेपालीको पर्व भएको बताइन् ।

‘पहिले यो महिलाको मात्रै पर्व थियो अब आम नेपालीको भएको छ, पहिले अधिकार पाउने बुहारी, सासु, नन्द, आमाजुका पीडा राख्ने पर्व थियो अब यसको क्षेत्र बिस्तार भएको छ, केही विकृति छन् तिनलाई हटाएर नयाँ ढंगले अघि बढाउनुपर्ने छ, यो सबैको दायित्व हो’उनले भनिन् । उपप्रमुख अर्यालले तीजलाई सामाजिक विभेद विरूद्व, महिलाका अधिकारका विषय मात्रै होइन अब समृद्धि र समानताका विषय,आत्मनिर्भरताका विषय पनि उठाउनु पर्ने बताइन् । उनले अहिलेको अवस्थामा हरेक महिला पहिला आत्मनिर्भरताका उद्मशीलतामा ध्यान दिनुपर्ने अवस्था आएको विषयमा सचेत हुनुपर्ने र त्यसका लागि स्थानीय सरकारले हरेक घरको गृहिणी रोजगार बनाउने अभियान चालेकाले बेरोजगार महिलाहरु तत्काल सम्पर्कमा आउन अनुरोध गरिन् ।

कार्यक्रममा रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष जीवकान्त काफ्लेले तीज पर्वको महत्वपूर्ण विषयलाई ध्यान दिएर यसखालको कार्यक्रमको संयोजन गरिएको बताए । उनले सामाजिक क्षेत्रमा संघले चलाएको सकृयताले महिला सशक्तिकरणमा पनि अघि बढेको बताउँदै यसखालका कार्यक्रमले आपसी सामीप्यता बढाउने र एक अर्काबीचको सहकार्यलाई पनि बढाउने जनाए ।

संघका महिला सचिव मन्जु भुसालले तीजको सांस्कृतिक महत्वका विषयमा अग्रजहरुसँग सिकेर नयाँ पिँढीलाई सिकाउनुपर्ने समय आएको बताइन् । भुसालले अहिलेका महिला अधिकार माग्ने मात्र होइन समस्या समाधानमा पनि जिम्मेवारी छन् र उद्यमशील क्षेत्रको पनि नेतृत्व गरेर अगाडि बढ्न सक्छन् भन्ने विषय यस्ता कार्यक्रमले देखाएको बताउनु भयो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष बोनिन पिया, निवर्तमान अध्यक्ष माधव प्रसाद पौडेल, सहकोषाध्यक्ष विशाल वेलवासे, संघका सल्लाहकारहरु तथा विभिन्न क्षेत्रबाट सहभागिता जनाएका थिए । कार्यक्रममा संघले केही दिनअघि तीज गीत प्रतियोगितामा तृतीय स्थान पाएको गीत तथा अन्य उद्यमी महिलाहरुले आफ्ना गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा महिला उद्यमी समितिका अध्यक्ष पार्वती गिरी, सचिव कमला पन्तलगायतले पनि आ आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?