ट्रेंडिंग:

>> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस

रामग्राम विकास विकास कोष पुर्ण

१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

नवलपरासी, १७ भदौ ।
विगत डेढ दशक देखी स्थानिय संघसस्थाले माग गरे अनुसार रामग्राम विकास समिति (कोष) ले पुर्णता पाएको छ । रामग्राम नगरपालिकाले पदेन सदस्य बाहेक अन्य चार जना सदस्यलाई मनोनय गरि आईतवार पुर्णता प्रदान गरेको हो ।
स्थानियले रामग्राम स्तुप स्तुपसँग सम्बन्धित अन्य स्थानको विकासका लागि रामग्राम विकास कोष बनाउन गर्दै आएको माग रामग्राम नगरपालिकाले रामग्राम नगरपालिकाको नगरसभाले रामग्राम विकास समिति ऐन २०८० पारित गरेको थियो । सो ऐन अनुसार पदेन सदस्य बाहेक अन्य सदस्यहरूको मनोनयन गरि पुर्णता प्रदान गरिएको नगरप्रमुख धनपत यादवले बताए । उनका अनुसार विकास समितिमा समाजसेवी कैलाश ठाकुर, पुरातत्वका जानकार नारद यादव, विपश्यना साधक रामप्रसाद पाण्डे र बौद्धशिक्षा तथा पर्यटन पत्रकार बेचु गौडलाई मनोनय गरिएको छ । अब समितिले पुर्णता प्राप्त गरेको छ, उनले भने, समितिको पहिलो बैठक छिट्टै बस्ने र विकासका लागि कार्ययोजना बनाई काम अगाडी बढाइने छ ।

चालु आर्थिक बर्षमा रामग्राम क्षेत्रमा केही अतिआवश्यक काम गर्नका लागि ४० लाख बजेट विनियोजन समेत गरिएको उनले जानकारी गराएका थिए । अब विकास समितिले अन्य दातृनिकायलाई रामग्राम विकास कोष वृद्धिका लागि आह््वान गरि विकासको क्रमलाई निरन्तता दिदै जाने उनले बताएका थिए । गर्दै सो माग पुरा गरेको हो । लुम्बिनी विकास कोषले भगवान गौतम बुद्धको अष्तिधातु रहेको रामग्राम स्तुपा तथा प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर पण्डितपुरको विकासका लागि काम नगरेको भन्दै स्थानिय रामग्राम पर्यटन विकास सस्थाले छुट्टै विकास समिति वा कोष गठन गरि काम गर्न माग गर्दै आएको थियो ।

सस्थाले रामग्रामको भ्रमण गर्न आउने राष्टपति,उपराष्टपति, प्रधानमन्त्री तथा विभिन्न मन्त्रिसँगै रामग्राम विकासका लागि छुट्टै समिति बनाई काम गर्नु पर्ने माग उठाउदै आएको थियो । केही बर्ष विद्यालय, गाँउ, टोल तथा चोक चोकमा हस्ताक्षर अभियान समेत चलाएको थियो । तर संघिय सरकारबाट संस्थाले उठाउदै आएको माग सम्बोधन नभए पनि स्थानिय सरकारको रूपमा रहेको रामग्राम नगरपालिकाले सो माग सम्बोधन गरेको छ । नगरसभाबाट रामग्राम विकस समिति बनाउने र त्यसको छुट्टै कोष सञ्चालन गर्ने गरि ऐन बनाइको रामग्राम नगरपालिकाले सोही ऐन बमोजिम अहिले समिति गठन गरि काम अगाडि बढाउन लागिएको नगरपालिकाका नगरप्रमुख यादवले बताए ।

जनताको जनादेशले बनेको यो नगर सरकारले जनताको भावना र चाहना अनुसार नै काम गर्छ,उनले भने, आफू निर्वाचित भएर आए पछि पहिलो नगरसभाले रामग्राम विकासका लागि छुट्टै समिति गठन गर्ने निर्णय गरेको थियो । अहिले समितिको गठन प्रकृया, काम गर्ने कार्यविधि सहितको ऐन बनाइयो । नगरसभाले पास समेत गरि सकेको छ । अहिले समितिले पुर्णता पाएको छ । समितिको कार्यालय सञ्चालनका लागि रामग्राम स्तुपा नजिकै भवन र सभा तथा बैठक हल समेत बनिसकेको अवस्था छ । समिति गठन पश्चान नै स्तुपा क्षेत्रमा कार्यालय खोलिने कार्य प्रारम्भ गरिने छ । पुरातात्विक क्षेत्र भएको हुदा पुरातत्व सम्बन्धि ऐनसँग नबाझिने गरि स्तुपा क्षेत्रमा काम हुने उनले बताए । पुरातत्व विभागसँग परामर्श गर्दै काम गर्दै जाने उनको भनाई थियो । नगरपालिका प्रतिनिधि तथा सो क्षेत्रका विज्ञ,जानकार र काम गर्न क्रियाशिल ब्यतिmहरू सहितको समिति गठन हुनेछ । लुम्बिनी विकास कोष, लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालय र संघिय सरकारसँग पनि समन्वय गरि काम हुने उनले आश्वस्त पारे ।

सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ, नगरप्रमुख यादवले भने,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्, लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो, रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो । संघ, प्रदेशका कानुन, युनेस्कोको मान्यता अनुरूप नै नगरपालिकाले नबाझिने गरि काम गर्ने छ ।

रामग्राम नगरपालिकाले हालै बुद्ध पुर्णिमाको अवसर पारेर पहिलो पटक धातु जात्राको समेत सुभारम्भ गरि सकेको छ । सो कार्यलाई पनि निरन्तरता र ब्यापकता बनाउनका लागि पनि समितिको आवश्यकता थियो । विभिन्न दातृनिकायले समेत यस क्षेत्रमा काम गर्न इन्छुक रहेको हुदा ति संघसस्थासँग समन्वय,सहकार्य र पहल गर्नका लागि पनि रामग्राम विकास समितिले कामको थालनी गर्ने छ । नगरपालिकाको सो निर्णयको हामी स्वागत गछौ,उनले भने, निर्णय गर्ने र ऐन बनाउने नगर प्रमुख यादव लगायत सम्पुर्ण नगरसभा प्रति आभारी पनि छौ । नगरपालिकाको ऐन बनाउने कार्य प्रशंसनिय भएको नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले बताए ।

लामो समय अधुरो रहेको रामग्रामका नागरिकको चाहना नगरपालिकाले पुरा गरेको छ, उनले भने,यसले सार्थक बनाउन नागरिक र नगरपालिका मिलेर काम गर्नु पर्छ । भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरूले ल्याएर रामग्राम स्तुपको रूपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रूपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरूको आग्रहमा रामग्राम स्तुपा उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुपा संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरूको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्यानक्षेत्र र संघाग्रामको रूपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?