© २०२३
बुटवल, १६ भदौ ।
रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर, बुटवल साउथ, न्युरोड पोखरा, पोखरा फिस्टेल, पोखरा जिएमसी पोखरा लेकसाइडको र रोट्रयाक्ट क्लब अफ पोखराको आतिथ्यता साथै रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रुपन्देही, पशुपति काठमाडौं, हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सह –आतिथ्यतामा कार्यक्रम भएको हो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, रोटरी डिष्ट्रिक गभर्नर इलेक्ट विनोद कोइराला , डिआरसी चियर कृष्ण प्रसाद पाण्डे, डिआरआर इलेक्ट दिनेश गैरे, रोटरी डिष्ट्रिक मेम्बरसिप कमिटी चेयर सुबास सिग्देल, प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक बिश्व दर्शन पराजुली, रोट्रयाक्ट डिष्ट्रिक कन्फ्रेन्स चेयर रितेश ज्ञवाली, डिआरसी धु्र्रव केसी, रेशम खड्का, मिलन ढकाल, सुस्मिता केसी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) मा देशभरका रोट्रयाक्ट क्लबहरुका अध्यक्ष एवं रोट्रयाक्ट डिष्ट्रिक कमिटीका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो । रोट्रयाक्ट बर्ष २४–२५ लाई प्रभावकारी एवं उत्कृष्ट रुपले अगाडि बढाउन अध्यक्षहरुको भेलाले महत्वपूर्ण भूमिका खेल्ने डिआरआर विक्रम क्षेत्रीले बताए ।
उक्त कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रिक डाइरेक्टरीको विमोचनसँगै रोट्रयाक्ट गित समेत रिलिज गरिएको थियो । सोही समारोहमा डिष्ट्रिक डाइरेक्टरी प्रकाशन र प्रेसिडेन्ट नाइट कार्यक्रमलाई सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान गरिएको थियो ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रोट्रयाक्टको माध्यमबाट ब्यक्तित्व नेतृत्व विकाससगै सामाजिक योगदानका लागि अगाडि बढेका देशैभरका रोट्रयाक्ट क्लबका अध्यक्ष एवं रोट्रयाक्ट अभियन्ताहरुलाई पर्यटकीय राजधानी पोखरामा स्वागत गर्न पाउँदा निकै खुसी लागेको बताउँदै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा रोटरी डिष्ट्रिक गभर्नर इलेक्ट विनोद कोइराला, डिआरसी चेयर कृष्ण प्रसाद पाण्डे, डिआरआर इलेक्ट दिनेश गैरे, रोटरी डिष्ट्रिक मेम्बरसिप कमिटी चियर सुबास सिग्देल डिआरसी अर्जुन खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । भने उक्त अवसरमा रोट्रयाक्ट डिष्ट्रिक कमिटीको तेस्रो बैठक समेत सम्पन्न भएको थियो ।
कार्यक्रममा सहभागीहरुलाई पोखराका महत्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण सगै विभिन्न साङ्गीतिक प्रस्तुतिहरूको व्यवस्थापन समेत आतिथ्य क्लब र आयोजकले गरेका थिए । प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक एवं रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल भुटानका एडिआरआर बिश्व दर्शन पराजुली रोट्रयाक्ट डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका अध्यक्ष एवं प्रतिनिधि र रोट्रयाक्ट डिष्ट्रिक कमिटीबाट गरी २०० भन्दा बढी रोट्रयाक्टरहरुको सहभागिता रहेको डिष्ट्रिक मिडिया समन्वय अफिसर आविश्कार खनालले जानकारी दिए ।