ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

भौतिक पूर्वाधारमन्त्री दाहालले भने– अबको सय दिनभित्रै सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

१६ भाद्र २०८१, आईतवार
१६ भाद्र २०८१, आईतवार

बुटवल, १६ भदौ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले अबको सय दिनभित्रै सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु हुनेगरी काम भइरहेको बताएका छन् । निर्माण कम्पनीले तोकिएको समयभन्दा पनि कम समयमा निर्माण सम्पन्न गर्नेगरी तीब्रताका साथ काम गर्न आफूले आग्रह गरेको उनको भनाइ छ ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आइतबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री दाहालले विकास निर्माणका कार्यहरुमा ढिलासुस्ती हुन्छ भन्ने आमधारणालाई सिद्धबाबाको सुरुङ मार्ग निर्माणको योजनाले चिर्नसक्ने अपेक्षा गरिएको बताए । सरकारले पूराना योजना सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित गरेको उनले बताए । चारैतिर सुरु भएका आयोजना अलपत्र परेकाले सरकारले नयाँ योजनालाई अघि बढाउने भन्दा पनि पुराना योजनाहरुलाई सम्पन्न गर्नेतर्फ लागेको उनले बताए ।

उनले पुराना योजनाहरुको वक्यौता रकम भुक्तान गरी निर्माणको कार्यलाई आगामी महिनादेखि तीब्रता दिने जनाउँदै भुक्तानी गर्न बाँकी रहेका योजनाहरुको महिना दिनभित्रै समस्या हल गरी असोज महिनादेखि पूर्वाधार निर्माणको कार्यले तीब्रता पाउने प्रतिवद्धता व्यक्त गरे ।

मन्त्री दाहालले राजश्व संकलनमा कमी आएका कारण पुराना योजनाहरुको भुक्तानीमा केही समस्या भएको बताउँदै ती समस्या समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिवद्धताहरु आएसँगै एक महिना दिनभित्रै समस्यको हल हुने उल्लेख गरेका हुन् ।

यसैगरी बुटवल–नारायणगढ सडक बिस्तारमा भएको ढिला सुस्तीबारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै उनले निर्धारित समयमा काम सम्पन्न नगरे ठेक्का तोडिने बताए । निर्माण कम्पनीले विभिन्न समस्याहरु देखाएर सरकार समक्ष समय थपको प्रस्ताव ल्याएको भएपनि उक्त समस्या सरकारका कारणले नभई स्वयम् निर्माण कम्पनीका कारण भएको हुँदा कुनै पनि हालतमा छुट दिन नसकिने मन्त्री दाहालले बताए ।

जनतामा बढेको निराशा हटाउनु पनि अहिलेको सरकारको मुख्य जिम्मेवारी रहेको उनको भनाइ थियो । ‘सरकारमा जो आए पनि उस्तै त हो नि भन्ने निराशा चिर्नुछ, जनतामा रहेको धारणालाई तोडेर विकास निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता गर्दछु’ उनले भने ।

‘दुई ठूला दल मिलेर सरकार गठन भएको हुँदा सरकार कसरी टिकाउने भन्ने चिन्ता छैन, विकासका लागि स्थिरता चाहिदो रहेछ, त्यसमा पनि भौतिक विकास पहिलो रहेछ’ उनले भने । लुम्बिनी क्षेत्रमा पर्ने मुख्य आयोजनाको कार्यप्रगतिबारे जानकारी लिएपछि मन्त्री दाहाल सचिव केशव शर्मासहितको टोली लिएर बुटवल–नारायणगढ सडकको निरीक्षणमा गएका छन् । मन्त्रालयका सचिव केशव शर्माले विभागीय मन्त्रीहरु फेरिइरहँदा केही नयाँ योजनाहरु थपिने भएका कारण पुराना आयोजना पूर्ण नभएको बताउँदै अहिलेको सरकारले त्यसो नगर्ने रणनीति लिएकाले पनि पुराना आयोजना छिटो बन्ने आधार देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?