ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

मृगौला तथा मुटुपीडित सरोकार समाज नेपालको अध्यक्षमा मल्ल

१६ भाद्र २०८१, आइतबार
१६ भाद्र २०८१, आइतबार

बुटवल, १६ भदौ ।

मृगौला तथा मुटुपीडित सरोकार समाज नेपाल लुम्बिनी प्रदेश समितिको अध्यक्षमा कृष्ण मल्ल चयन भएका छन् । बुटवलमा भएको तेस्रो साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा मल्ल चयन भएका हुन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा माधव प्रसाद श्रेष्ठ, उपाध्यक्षमा दान बहादुर थापा रहेका छन् । यस्तै सचिवमा समर मल्ल, सह–सचिवमा गोकुल ढकाल, कोषाध्यक्षमा रेखा श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यहरुमा रुक्मांगद खनाल, गौतमलाल श्रेष्ठ, गोपाल श्रेष्ठ, रेख बहादुर गुरुङ्ग, मायादेवी पाठक, सारथा थापा, भोज राय, निरज श्रेष्ठ चयन भएका छन् । नयाँ गठन गरिएको समितिको कानुनी सल्लाकारका पदम कार्की, सल्लाहकारमा नारायण बहादुर क्षेत्री, डा. पवन धिताल, खुम बहादुर थापा, बरिष्ठ सल्लाहकारमा चुरामणी बन्जाडे, संरक्षकमा रमेश केसी रहेका छन् ।

साधारण सभा तथा अधिवेशनमा बोल्दै नेपाल सरकारका उप प्रधान तथा अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले मृगौला, मुटु लगायतका १६ प्रकृतिको गम्भिर रोग लागेका विरामीहरुको पक्षमा सरकारले काम गर्दै आएको बताए । अहिलेको बजेट अघिल्लो सरकारको पालामा निर्माण गरिएको भन्दै अहिले प्रदान गर्दै आएको सेवा सुविधालाई अझ विस्तार गर्ने गरी आगामी बजेटमा व्यवस्था गरिने बताएका थिए । पीडितहरुको उपचारको लागि सरकार जहिले पनि गम्भीर रहेको भन्दै अहिले निःशुल्क रुपमा व्यवस्था गरिएको डाईलाईसिस सेवा अझ प्रभावकारी र सहज बनाईने बताएका थिए ।

कार्यक्रममा बोल्दै मुटु तथा मृगौला पीडित सरोकार समाज नेपालका संस्थापक अध्यक्ष बलाराम सुवेदीले अहिलेको बजेटमा मृगौला पीडितहरुको लागि सुविधा सरकारले कटौती गरेकोमा दुखित भएको बताएका थिए । उनले मृगौला पीडितहरुको लागि स्वाथ्य बीमा गरिएको भएपनि सहज रुपमा सरकारी अस्पतालमा औषधी नपाईने अवस्था रहेको भन्दै यसको अन्त्य गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतम, सचिव बाबुरा बोहोरा, संस्थाका अध्यक्ष रमेश केसी, उपाध्यक्ष कृष्ण मल्ल लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?