ट्रेंडिंग:

>> सवारी प्रदूषण नियन्त्रण गर्न नेपालले लागू गर्‍यो युरो ५ र ६ मापदण्ड >> रोहिणी गाउँपालिकाको बजेट ५९ करोड १७ लाख  >> डेंगु नियन्त्रण प्रभावकारी बनाउनु पर्छ: सांसद पौडेल >> टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन >> बालेन र प्रशासकीय अधिकृतबीचको द्वन्द्वले बजेट अन्योलमा >> अर्थमन्त्री पौडेलको संसदमा स्पष्टोक्ति: ‘टेक एन्ड पे’ हटाइयो >> शिवराजको १ अर्ब ३४ करोडको बजेट: शिक्षा र विकासलाई प्राथमिकता >> प्रदेश अस्पतालका लेखा अधिकृतसहित तीन जना विरुद्ध अदालतमा मुद्दा >> रोटरी बुटवलद्धारा ७० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण >> यूएईमा अब नेपाली श्रमिकको तलब १ हजार दिरामभन्दा कम नहुने >> अवहेलना मुद्दामा विशेष अदालतको अहिलेसम्मकै ठूलो इजलास गठन >> भुटानी शरणार्थीलाई जनही ५ हजार जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय >> प्रधानमन्त्री कार्यालयमा चौरसियाविरुद्ध अनुसन्धानको माग >> सरकारी गाडीको रहस्यमय दुर्घटना : पूर्व प्रशासकीय अधिकृतलाई छोडेर फर्किदा के भयो ? >> नेकपा एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक >> कोरोना संक्रमित महिलाको विराटनगरमा निधन >> देशमा ११.६ प्रतिशत बेरोजगारी रहेको मन्त्री भण्डारीको खुलासा >> भिजिट भिसा प्रकरण: समितिलाई ९ वटा कार्यादेश तोकियो >> उच्चस्तरीय छानबिन समिति बनाएकोमा माओवादीले दियो सरकारलाई धन्यवाद >> ट्रम्पद्वारा इरान–इजरायल युद्धविरामको घोषणा >> सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले घट्यो >> रास्वपा सांसद गृहमन्त्रीको सम्बोधन सुन्न तयार >> एसीसी पुरुष यू–१६ मा नेपालको लगातार दोस्रो जित, जापान ९ विकेटले पराजित >> शुभम् खनालको घातक बलिङमा जापान ८० रनमा अलआउट >> भिजिट भिसा प्रकरणमा छानबिनका लागि उच्चस्तरीय समिति गठन >> सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति >> बालुवाटारमा सत्तारूढ दलको बैठक जारी >> हरियालीबाट समृद्धितर्फः बाँकेमा चक्ला वनको प्रेरणादायी यात्रा >> ‘हिंसा र विभेदमुक्त बाणगंगा बनाउने योजना’ >> दोस्रो स्मृति कपको संयुक्त उपाधि वडा नं. २ र ९ लाई  >> समावेशी शिक्षा कार्यान्वयनमै चुनौति >> पालिकाहरूको नीति कार्यक्रम र बजेट >> आत्मनिर्भरताको उज्यालोले  खुसी थप्दै विजयनगर >> बजेटको साइड इफेक्टः प्रदेश मन्त्रीलाई काँग्रेसको जिल्ला निषेध  >> जमुनहा–हर्रे डाँडा सडक: पक्की सडकमा ‘टालोले टालटुल’ >> मनसुनी वायुको प्रभाव देशभर, यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना >> एसीसी पुरुष यू–१६ इस्ट जोन कप: आज नेपाल र जापान भिड्दै >> विभेदकारी बजेट, उपेक्षित सांसदहरूः सरकार हाम्रा योजना खोई ? >> एनसिसि क्याडेटलाई प्रेरणादायी प्रवचन >> बुटवल उपमहानगरको बजेट ३ अर्ब ३६ करोड >> लुम्बिनी बजेट : भौतिक पूर्वाधार मन्त्री ढकालले पारे आफ्नै वडामा ६ करोड >> पामिर एकेडेमीमा निःशुल्क आँखा परीक्षण शिविर >> कर्णालीको बजेट विवादमा >> चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी असार १५ देखि बन्द हुने >> जसपाले सरकारलाई समर्थन फिर्ता लिन सक्ने तयारी >> साफ यू–२० महिला च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा >> सेयर बजार ४ अंकले बढ्यो >> राष्ट्रिय योजना आयोग उपाध्यक्ष र बेलायती राजदूतबीच भेटवार्ता >> भारतका पूर्व उपराष्ट्रपति नायडूसँग रास्वपाका सांसदद्वयको भेट >> नेपालमा ओमिक्रोनका पाँच नयाँ सब-भेरिएन्ट पुष्टि

आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

१६ भाद्र २०८१, आईतवार
१६ भाद्र २०८१, आईतवार

काठमाडौँ, १५ भदौ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई, डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपियाँ घटाएको हो।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको निगमले जनाएको छ।

निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः एक सय ६०.५०, एक सय ६२ र एक सय ६३ तथा डिजेल र मट्टीतेल प्रतिलिटर क्रमशः एक सय ५१.५०, एक सय ५३ र एक सय ५४ तोकेको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य समायोजन भएर प्रतिलिटर एक सय ३२ कायम गरिएको छभने अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर अमेरिकी डलर एक हजार पाँच तोकिएको छ।

निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल डिपोलाई सूचीकृत गरेको छ।

इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ घटेर आएकाले स्थानीय बजारमा पनि समायोजन गरिएको निगमद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भए पनि हाललाई बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?