ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

उद्योग व्यापार संगठन रुपन्देहीले बनायो वार्षिक कार्ययोजना

१५ भाद्र २०८१, शनिबार
१५ भाद्र २०८१, शनिबार

भैरहवा, १५ भदौ ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को वार्षिक कार्ययोजना बैठक–२०८१ अर्घाखाँचीमा सम्पन्न भएको छ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ स्थित नरपानीमा भएको बैठकले वार्षिक कार्ययोजना बनाएको छ ।

‘वार्षिक कार्ययोजना बनाउन रुपन्देही जिल्लाबाहिर पुग्ने गरेका छौं, यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने हामीले विश्वास लिएका छौं, ’संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भने ।

बैठकले एक वर्षमा गरिने विभिन्न कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरेको संगठनका वाणिज्य उपाध्यक्ष राममिलन यादवले बताए । गठन गरिएका उपसमितिमा उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा, महिला उद्यमी, युवा तथा सीप प्रवद्र्धन, राहत, दर्ता, नविकरण, सूचना तथा सञ्चार, स्वास्थ्य, सीमा तथा भन्सार, बजार अनुगमनलगायत रहेका छन् ।

वार्षिक कार्ययोजनामा विभिन्न कार्यक्रम गर्ने उल्लेख गरिएको छ । कार्ययोजनामा उद्योग, व्यापार, कृषि तथा पर्यटन क्षेत्रको अध्ययन अवलोकन भ्रमण, समग्र रुपन्देहीको विकास, राष्ट्रिय गौरव आयोजना, उद्योग, व्यापार, कृषि, सम्बन्धी छलफल तथा अन्तरक्रिया, सडक खाना महोत्सव, निजी क्षेत्रका समस्या समाधानका लागि सल्लाह–सुझाव पेश गर्ने, भैरहवा मण्डपका लागि आवश्यक जग्गा पहिचान गरी सरकारसँग पहल गर्ने, लेखा, नेतृत्व विकास तालिम, साँस्कृतिक कार्यक्रम, सरसफाई, दशैं, तिहार, छठपर्व तथा नेपाल सम्वतकोे अवसरमा शुभकामना आदानप्रदान गर्ने समावेश छ ।

त्यस्तै खेलकुद कार्यक्रम आयोजना, वृक्षरोपण तथा वृक्ष संरक्षण, युवाका लागि सीपमूलक तालिम, कर शिक्षा तालिम, निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम र २०८२ सालको क्यालेण्डर प्रकाशन गर्ने उल्लेख छ ।

बैठकले संगठनको लुम्बिनी शाखालाई चेम्बर अफ कमर्श लुम्बिनी साँस्कृतिक नगरपालिकाको रुपमा दर्ता गरी सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने समेत निर्णय गरेको छ ।

बैठकमा संगठनका कोषाध्यक्ष सुरेन्द्र कुमार पाण्डेयले २०८१÷०८२ को अनुमानित आय–व्यय विवरण प्रस्तुत गरेका थिए ।

बैठकमा बोल्दै संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरे ।

संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए । उनले बैंक तथा वित्तीय संस्थाबाट उद्योगी व्यवसायी तथा सर्वसाधारण पीडित रहेको बताए ।

संगठनका सल्लाहकार तथा नेपाल चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका कोषाध्यक्ष खिमबहादुर खत्रीले अझ दत्तचित्त भएर लाग्न आग्रह गरे ।

सल्लाहकार प्रकाश श्रेष्ठले मेला–महोत्सवका लागि धेरै पहिलादेखि नै तयारी आवश्यक रहेको बताए ।

सल्लाहकार भोपेन्द्र प्रसाद यादवले उद्योगी व्यवसायीले उद्योग व्यापार संगठनप्रति धेरै आशा–भरोसा राखेको बताए ।

उद्योग व्यापार संगठन, रुपन्देही लुम्बिनी शाखाका अध्यक्ष कृष्ण बहादुर गुरुङ (अनिल), सल्लाहकार उपेन्द्र अधिकारी लगायतले आकस्मिक रक्तदान कार्यक्रमलाई जोड दिनुपर्ने बताए।

उद्योग व्यापार संगठन, रुपन्देहीका उद्योग उपाध्यक्ष मधुसुदन अर्यालको धन्यवाद ज्ञापन तथा महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

बैठकमा गत वर्षको वार्षिक कार्ययोजनाको समीक्षा गरिएको संगठनका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेले बताए । त्यस्तै नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्रीलाई बैठकमा सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?