ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

बुटवलमा कर्मचारीको तीज मिलन कार्यक्रम

१५ भाद्र २०८१, शनिबार
१५ भाद्र २०८१, शनिबार

बुटवल, १४ भदौ ।

आउँदै गरेको हरितालिका (तीज) २०८१ को अवसरमा बुटवलमा तीज मिलन कार्यक्रम मनाइएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला महिला विभाग रुपन्देहीले शुक्रबार अपरान्ह कार्यक्रम मनाएको हो ।

रुपन्देही जिल्लामा निजामती सेवा र स्वास्थ्य सेवामा कार्यरत महिला कर्मचारीहरुका साथै विविभन्न पेशामा रहेर सेवा प्रवाह गर्दै आइरहेका कर्मचारीहरुले सामूहिक रूपमा दर खाएर रमाइलो गरेका थिए । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय उपमहासचिव एवं महिला विभाग प्रमुख विजयालक्ष्मी सुवेदीले मौलिक तिजको गित गाएर कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन रुपन्देहीकी उपाध्यक्ष एवम् महिला विभाग प्रमुख विष्णू पन्थी खनालको अध्यक्षता तथा केन्द्रीय उपमहासचिव सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुवेदीले नेपाल निजामती कर्मचारी संगठन जिल्ला महिला विभाग रुपन्देहीले यस्तो संस्कृति जगेर्ना गर्ने कार्यकर्मको आयोजना गरी आफुलाई सहभागी हुने अवसर प्रदान गरेकोमा नेपाल निजामति कर्मचारी संगठन रुपन्देहीलाई धन्यवाद ज्ञापन गरिन ।

नेपाल निजामती कर्मचारीका अध्यक्ष प्रेम प्रसाद खनालले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रम मौलिक र सास्कृतिक सद्भाव कायम राख्ने जिल्लाभर छरिएर रहेका संगठन प्रेमी महिला कर्मचारीहरुका विचमा खुशी साट्ने एउटा माध्यम बन्न सकोस र निरन्तारा पाओस भन्दै सांगठनिक गतिविधमा आफुले हरतहरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने केन्द्रीय सदस्य एवं रुपन्देही ईन्जार्ज नारायण प्रसाद भण्डारीले सास्कृतिक थलोको रुपमा रहेको रुपन्देही जिल्लाले यस्तो कार्यक्रम गर्दा महिला कर्मचारीहरुका विचमा आपसी भाईचारको सम्बन्ध स्थापित हुने हुँदा दुख साटासाट गर्ने अवसर प्राप्त हुने बताउँदै शुभकामना दिएका थिए ।

सैनामैना नगरपालिकाका उपपेयर विना रानाले यस्ता कार्यक्रमले महिलाहरुको मनोवल उच्च राख्न उत्प्रेरणा प्रदान गर्ने भएकोले नेपाल निजामती कर्मचारी संगठन जिल्ला महिला विभागले यस किसिमको कार्यक्रम आयोजना गरेकोले भव्य सफलताको शुभकामना व्यक्त गरिन । रुपन्देहीका जिल्लाका विभिन्न पालिकाहरुका उपमेयर, उपाध्यक्ष, नेकपा एमालेका महिला नेतृहरु र विभिन्न पेशागत क्षेत्रका महिला नेतृहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको नेपाल निजामती कर्मचारी संगठन रुपन्देहीका उपाध्यक्ष एवं महिला विभाग प्रमुख विष्णु पन्थी खनालले बताइन् । कार्कक्रममा जिल्ला कमिटी सदस्य पार्वता भण्डारी पोख्रेल, महिला विभाग सदस्य शारदा मरासीनी लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?