© २०२३
बुटवल, १५ भदौ ।
लायन्स क्लब अफ बुटवल स्टार्सले चिसापानी अस्पताल बर्दघाटलाई ३ लाख ५० हजार बराबरको इलेक्ट्रोलाइट एनालाइजर उपकरण मेसीन प्रदान गरेको छ । बुधबार बर्दघाटमा एक कार्यक्रमको आयोजना गरी बर्दघाट नगरपालिका नगर प्रमुख शम्भुलाल श्रेष्ठलाई लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मन्जीला घिमिरे लाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् ।
उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले सामाजिक क्षेत्रमा लायन्स स्टार्सले गरेको सह्रानीय र योगदान महत्वपूर्ण रहेको बताए । नगरसरकारले पनि दुर्गम क्षेत्रमा रहेका जनताहरुलाई स्वास्थ्यको पहुँचमा लागि प्रयास जारी राखेको भन्दै क्लब साथ र सहयोगको अपेक्षा गरेको राखेका थिए ।
कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक ३२५ पिका गर्भनर पुरुशोत्तमभक्त प्रधानाङ्गले सामाजिक क्षेत्रमा क्लबले महत्वपूर्ण कार्यक्रम गर्दै आएको बताए । उनले सबैको सहकार्यले गर्दा नै समाज परिर्वतनमा मुख्य भूमिका खेलेको बताएका थिए ।
यस्तै कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले क्लवहरूले ग्रामिण क्षेत्रका बासिन्दाहरुलाई समेत समेट्नुपर्ने बताएका थिए । क्लवका प्रथम डिष्ट्रीक भ्वाईस गर्भनर बालाराम भट्टराई, बर्दघाट नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, क्लवका सेकेन्ड भिडिजी सन्दीप कसौधन, डिष्ट्रिक सचिव माधव खनाल , डिष्ट्रिक कोषाध्यक्ष प्रकाशश्रेष्ठ, नगर शिक्षा प्रमुख लोकराज पन्थी लगाएत बोलेका थिए ।
सोही कार्यक्रममा बर्दघाट नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालय मध्ये सर्वाेत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र, छात्रालाई नगद, प्रमाण पत्र र युनिफम प्रदान गरेर सम्मान गरिएको थियो ।