ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

सरकारले निजी क्षेत्रलाई सँगसॅगै हिँडाउन चाहेको छ: अर्थमन्त्री पौडेल

१४ भाद्र २०८१, शुक्रबार
१४ भाद्र २०८१, शुक्रबार

भैरहवा, १४ भदौ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उत्पादन घट्दा राजस्वमा गम्भीर असर परेको बताएका छन्।

आर्थिक वर्ष २०८०÷८१ मा राजस्व असुलीमा कमी र उत्पादनमा आएको ह्रासका कारण ६ प्रतिशतको आर्थिक वृद्धि भएको प्रसंंग निकाल्दै उनले यसलाई क्षतिपूर्ति गर्नका लागि पनि चालु आर्थिक वर्षमा राजस्व लक्ष्यको ३० प्रतिशत वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए ।

राष्ट्रिय उद्यमी सम्मेलनको भैरहवामा उदघाटन गर्दै अर्थमन्त्री पौडेलले सरकारले उद्यमीलाई दुःख दिने काम नगर्ने बताए । “उद्यमीलाई दुःख दिएर सरकारले राजस्वको लक्ष्य हासिल गर्न सक्दैन”, उनले भने ।

उत्पादन र उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्नेतर्फ सरकारले मुख्य ध्यान केन्द्रित गरेको भन्दै अर्थमन्त्री पौडेलले सरकारले ल्याएको स्टार्ट अप कार्यक्रम युवा उद्यमीका लागि महत्वपूर्ण हुने बताए । यद्यपि यो प्रयाप्त नभएकाले आगामी दिनमा अझ बढी ध्यान दिने उनको भनाई छ ।

सरकारले उद्योगीको मनोवल उठाउने र कानुनसम्मत ढंगले उत्पादनमा लागेर निजी क्षेत्रलाई माथि उठाउने काममा जोड दिएको अर्थमन्त्री पौडेलले बताए । उद्यमीहरुले आफूसँग भएको सीमित पुँजीलाई उद्योग स्थापनामा लगानी गर्नुपर्नेमा जोड दिंदै उनले सरकारले औदोगिक क्षेत्र स्थापना गरी जग्गा उपलव्ध गराउने गरी गृहकार्य गरिरहेको बताए ।

राष्टिय उत्पादन र राष्टिय अर्थतन्त्रको सवलीकरणका लागि सरकारले उद्यमीहरुलाई प्रोत्साहनको नीति लिएको र साथमा लिएर अगाडि बढ्न चाहेको पनि अर्थमन्त्री पौडेलले बताए ।

देशभरका १४० उद्यमी सहभागी भएको राष्टिय उद्यमी सम्मेलन शनिबार सकिने छ । राष्टिय युवा उद्यमी मञ्चले देशभरका उद्यमी सहभागी गराएर भैरहवामा उद्यमी लिडरसिप सम्मेलन आयोजना गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?