© २०२३
नवलपरासी, १४ भदौ ।
जनप्रतिनिधिलाई दुब्र्यवहार गर्ने दुई जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । सुनवल वडा नं.२ का राजेन्द्र यादवलाई स्थानीय दुई जनाले गाली गलौच र दुब्र्यवहार गरेको र उनीहरू विरुद्ध वडाध्यक्ष यादवले जाहेरी दरखास्त जिल्ला प्रहरीमा हालेपछि प्रहरीले विभिन्न दवाव पछि मुद्दा दर्ता गरेको हो ।
यादवलाई गाली बेइज्जती गर्ने सुनवल २ कै ३५ बर्षिय उमेश यादव र ४८ बर्षिय सुरेश यादव विरुद्ध वार्ड अध्यक्ष राजेन्द्रले जाहेरी दरखास्त दिएका थिए । सोही वार्डको रजहवा गाँउमा भदौ ८ गते विद्युत पोल विस्तार गर्ने क्रममा दुबै जनाले अश्लिल गाली गलौच गर्ने, काममा अवरोध गर्नेै गरेका थिए । त्यसबारे सार्वजनिक पद धारण गरेको जनप्रतिनिधिलाई गाली गलौच गरेको भन्दै वडा अध्यक्षले सोही दिन जाहेरी दरखास्त दिएका थिए । तर सो जाहेरी प्रहरीले दर्ता गर्न मानेको थिएन् ।
तत्पश्चात नगरपालिकाका १३ वटै वडा, वडा अध्यक्ष र ८ जना नगरकार्यपालिका सदस्यहरूले सामुहिक आवश्यक कारवाहीको माग गर्दै हस्ताक्षर गरेर जिल्ला प्रशासन कार्यालय जाने निर्णय गरेका थिए । दवावपछि अहिले जाहेरी दर्ता भएको पिडित वडा अध्यक्ष यादवले जानकारी गराए । प्रहरीले जाहेरी दर्ता नं.५६ रहेको र जाहेरी दर्ता पछि पक्राउ पूर्जि जारी गर्नेै र कारवाही प्रकृया अगाडी बढाउने जानकारी गराएको वार्ड अध्यक्ष यादवले भने, तर जाहेरी दर्ता भए पनि पिडक दुबै जना प्रहरी परिसरमै आफुले देखेको छु । तर प्रहरी अहिले पनि उनीहरूलाई हिरासतमा लिइएको छैन् ।
सार्वजनिक पदमा रहेका ब्यतिmलाई जथाभावी गाली गर्ने, अराजकता मचाउनेलाई प्रहरीले कारवाही भन्दा संरक्षण गर्नु दुःखद भएको सुनाए । कस्को दवाव र प्रभावमा प्रहरीले काम गरिरहेको छ, उनले दुखेसो पोखे,कुनै प्रहरी माथि पनि यस्तै आक्रमण भयो, भन्ने पनि प्रहरी के चुप लागेर बस्छ ? कुनै पनि जाहेरी सहज रूपमा लिनु पर्छ,अनुसंधान गरेर मागदाबी अनुसारको घटना भएको हो कि होईन् ? त्यो त प्रहरीले आफ्नो प्रतिवेदनमा उल्लेख गर्न पाउछ । तर पहिला जाहेरी नै नलिइनु,जाहेरी लिए पनि कारवाही प्रकृया नबढाउनु पिडकलाई सुरक्षा प्रदान गर्ने कुरा दुःखद भएको उनको भनाई थियो ।