© २०२३
बुटवल, १३ भदौ । मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) को १२ औँ वार्षिक उत्सवको अवसरमा मानवसेवा आश्रम रुपन्देही बुटवल शाखाले रक्तदान कार्यक्रम गरेको छ । बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुन्यको काममा सबैको हातेमालो जरुरी रहने बताए ।
बुटवल उपमहानगरपालिका सडकआश्रीत मानव मुक्त नगरको रुपमा घोषणा भैसकेको जानकारी दिदै यसमा सबैको उत्तिकै सहयोग भएको बताए । सबै स्थानीय तहलाई उदाहरणीय कार्यको रुपमा मानवसेवा आश्रमबाट काम गरिएको उनले बताए । नगर प्रमुख पाण्डेयले मानवसेवा आश्रमको भवन बुटवलमा नै स्थापना गर्न पहल भएको समेत बताए ।
कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव तथा जिल्ला अध्यक्ष कृष्ण चौहान क्षेत्रले सडकआश्रीतलाई सहयोगमात्र नभई रक्तदान जस्तो महान अभियानसमेत जोडेर अर्को पुण्य काम भएको बताए । कार्यक्रममा मानवसेवा आश्रमा अभिभावक लोकनाथ भुषाल, मानवेवा आश्रम लुम्बिनी प्रदेश संयोजक सरुअधिकारी लगायतले रचनात्मक कार्यलाई जोडेर अघि बढ्ने बताए ।
नेपाल रेडक्रस सोसाईटी, रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका थिए ।