© २०२३
बुटवल, १३ भदौ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका सदस्यलाई यति एयरलाईन्सको आन्तरिक उडानको टिकटमा छुट दिने भएको छ । बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीका पदाधिकारी र यति एयरलाइन्स लिमिटेडका कर्मचारीबिच बिहिबार छुट दिने समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । संघका अध्यक्ष हरिप्रसाद अर्याल र यति एयरलाइन्स लिमिटेडको तर्फबाट भैरहवा स्टेशन मेनेजर अनुप ढकाल बिच हस्ताक्षर गरिएको छ ।
समझदारी पत्र एक बर्षको लागि हुनेछ । मोवाइल एपबाट टिकट काट्दा उडान क्षेत्र अनुसार समझदारीपत्र अनुसार संघमा आवद्ध व्यवसायी सदस्यहरुलाई यति एयरलाईन्सले सञ्चालन गर्ने आन्तरिक तर्फको हवाई भाडामा ३५० देखी ६ सय रुपैयासम्म छुट प्राप्त गर्नेछन् । यसैगरि लगेजमा समेत ५ किलो थप सुबिधा लिन सक्नेछन् ।
संघका अध्यक्ष हरिप्रसाद अर्यालले यस प्रकारको सुबिधाबाट हवाई व्यवसायको प्रवर्द्धन हुनुको साथै व्यवसायी सदस्यहरुलाई उक्त एयरलाइन्स प्रयोगको लागि प्रोत्साहन हुने बताए । यति एयरलाईन्सका भैरहवा स्टेशन मेनेजर अनुप ढकालले यात्रुलाई सुबिधा थप गर्नुको साथै बिशिष्ट सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी