ट्रेंडिंग:

>> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै

बौद्ध विश्वविद्यालय पढ्दै, सिक्दै कमाउँदै कार्यक्रम

१३ भाद्र २०८१, बिहीबार
१३ भाद्र २०८१, बिहीबार

बुटवल, १३ भदौ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सिद्धार्थ बिजिनेस ग्रुप अफ हस्पिटालिटी अन्तर्गतको सिद्धार्थ इन्स्टिच्युट अफ हस्पिटालिटीबीच ब्याचलर इन् हस्पिटालिटी एण्ड् टुरिजम म्यानेजमेन्ट (बिएचटिएम) अध्ययन गर्ने विद्यार्थीलाई बौद्ध दर्शनसमेतको सैद्धान्तिक र व्यवहारिक ज्ञानका साथ पढ्दै कमाउँदै गर्ने अवसर प्रदान गर्ने विषयमा सम्झौता भएको छ ।

कार्यक्रममा उपस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बज्राचार्यले बौद्ध दर्शनका विविध आयामहरूमा अध्ययन, अनुसन्धान र सहकार्य गर्ने उद्देश्यका लागि प्रतिष्ठित सिद्धार्थ बिजिनेस ग्रूपसँग सहकार्य सम्झौता सम्पन्न भएकोमा खुशी व्यक्त गरे । यसप्रकारको सहकार्यबाट विश्वविद्यालयले अझ धेरै प्राज्ञिक विशिष्टता हासिल गर्दै सक्षम र सबल जनशक्ति उत्पादन हुने र समग्र व्यवसायिक क्षेत्रले लाभ प्राप्त गर्ने अपेक्षा राखिएको उनले बताए ।

“अध्ययन पूरा गरिसक्दा यस क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन होस् भन्ने हाम्रो चाहना हो, प्लस टुपछि उच्च शिक्षाका लागि प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थीहरू विदेश पलायन भैरहेका छन् । यस सहकार्यमार्फत विद्यार्थीहरूले पढ्दै कमाउँदै गर्न पाउने भएकाले उनीहरूलाई केही हदमा भए पनि स्वदेशमै रोक्न सकिनेमा हामी विश्वस्त छौँ ।” सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले भने ।
विद्यार्थीले चार वर्षे कोर्समा पहिलो सेमेस्टरमा बौद्ध दर्शनसँगै होटल व्यवस्थापनबारे आधारभूत ज्ञान लिनेछन् । दोस्रो सेमेस्टरदेखि उनीहरूले पढ्दै पैसा कमाउन सक्ने गरी कोर्स डिजाइन गरिएको सिद्धार्थ बिजिनेस ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए । यस कोर्समा विद्यार्थीहरूले पर्यटन व्यवस्थापन पनि पढ्न पाउनेछन् ।

“विद्यार्थीले पढाइका लागि गर्ने कुल खर्चमध्ये अधिकांश खर्च पढाइ पूरा गर्दा रिकभर गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो, सोहीअनुसार कोर्स पनि डिजाइन गरिएको छ”, सिइओ न्यौपानेले भने, “विद्यार्थीहरूले सिद्धार्थ हस्पिटालिटी अन्तर्गतका विभिन्न होटल, रिसोर्ट एवं क्याफेमा प्रयोगात्मक कक्षा लिँदै कमाउन सक्नेछन् ।”
विश्वविद्यालयअन्तर्गत पर्यटन तथा आतिथ्य विषय समितिका अध्यक्ष डा. श्रीप्रसाद भट्टराईले विद्यार्थीको ज्ञान, सीप र व्यवहार तीन वटै पक्षको प्रभावकारी सिकाइ र मुल्याङ्कन हुने गरी कोर्स डिजाइन गरिएको बताए । उनी भन्छन्, “पहिलो वर्ष ४० जना विद्यार्थीबाट कोर्स सुरुआत गर्दैछौँ, हस्पिटालिटी क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र स्वदेशमै उनीहरूलाई टिकाइ राख्नका लागि इन्स्टिच्यूटसँग सहकार्य गरिएको हो ।”

आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई पढ्नका लागि बैंकबाट कर्जा प्रवाहका लागि सहजीकरण समेत गरिदिने र उनीहरूले पढाइका अवधिमा कमाएको पैसा किस्ताका रूपमा तिर्न पनि सक्ने गरी योजना बनाइएको सिद्धार्थ बिजिनेस ग्रूपका सिइओ न्यौपानेले उल्लेख गरे । “विद्यार्थीहरूको प्रयोगात्मक कक्षाको आवद्धताका आधारमा क्रेडिट आवर गणना हुन्छ र थप समय काम गरी वर्किङ आवरका आधारमा कमाउन सक्नेछन”, उनले भने ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा विश्वविद्यालयका तर्फबाट मानविकी तथा समाजशास्त्र विभागका डिन प्रा.डा. हरिशरण चंखु र इन्स्टिच्युटका तर्फबाट सिद्धार्थ बिजिनेस ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेले हस्ताक्षर गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?