© २०२३
बुटवल, १३ भदौ । सामाजिक क्षेत्रमा अग्रसर रोटरी क्लब अफ बुटवल डाउनटाउनले हिन्दु महिलाहरुको चाड हरितालिका तिज पर्वको अवसरमा तिज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाएको छ । कार्यक्रमको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले उद्घाटन गर्दै बुटवलका संघसंस्थाहरु मौलिक पर्वलाई जर्गेना हुने गरि रचनात्मक कार्यक्रम गर्न सफल भएको दाबी गरिन । देशको राजनीतिक परिवर्तनसंगै तिजमा गाउने गितका भाका र भावहरु बदलिएको उनले बताईन ।
पौराणिक कथामा भगवान शिवलाई पतिका रुपमा पाउन भनेर पार्वतीले व्रत गरेको रुपमा हुदै नेपाली समाजमा वर्षदिनमा माईत जाने र मिठोखाने, गाउने रुपमा तिजपर्व मनाईने गरेको छ । समयसंगै भड्किलो चाडको रुपमा चिनिएको यो पर्व पछिल्लोसमय धेरै सुधार आएको उनले दाबी गरिन । संघर्षको कथा बताउने पर्वका रुपमा तिज मनाईने गरेको उनले बताईन । सबै मिलेर नेपाली चाडपर्वलाई सब्य र भब्य मनाउनेतर्फ लाग्नुपर्ने उनको सुझाव छ । कार्यक्रममा क्लबका महिला सदस्यहरुलाई उपहार र शुभकामना आदारप्रदान गरिएको थियो ।
कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीले प्रत्येक वर्ष क्लबका महिला सदस्यहरुको बिचमा तिज मनाउने परम्परालाई निरन्तरता दिदै यसपटक फरक ढंगबाट कार्यक्रम गरिएको बताए । समुदायमा बुझेका महिला क्लबको नेतृत्व आउदा धेरै रचनात्मक कामहरु भएको उदाहरण दिदै उनले क्लबमा महिला सदस्यहरुको संख्या वृद्धि समेत भएको बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष जीवन अधिकारी, राजेन्द्र ढकाल, भरत राना, कमला हमाल, सचिव कमल नेपाल, कार्यक्रम संयोजक प्रेमा केसी, मुना बस्नेतले यस क्षेत्रमा नै नमुना काम गरेर समुदायमा क्लबको पहिचान बनाउन सफल भएको भन्दै थप रचनात्मक कामलाई जोड दिने गरि कार्यक्रम ल्याउनुपर्ने बताए ।