ट्रेंडिंग:

>> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट
सैनामैना व्यापार संघद्वारा करबारे प्रशिक्षण

करको दायरा बढाउ, करदाताको सम्मान गर

१२ भाद्र २०८१, बुधबार
१२ भाद्र २०८१, बुधबार

सैनामैना, भदौ १२ ।

सैनामैनाका व्यापारी, व्यवसायी तथा उद्यमीहरुले करको दायरा बढाउनुका साथै करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन् । कर तिरे पनि त्यसको सदुपयोग भए, नभएको जानकारी नहुने र कर तिर्नका लागि समेत सास्ती भोग्नु परेको उनीहरुको गुनासो छ ।

सैनामैना व्यापार संघको आयोजनामा करदाता शिक्षा, राजस्वका प्रावधान र तीन तहका सरकारका सम्बन्धित निकायको भूमिका विषयक एक दिने प्रशिक्षण तथा अन्तरक्रियामा सहभागी सैनामैनाका अगुवा व्यवसायीहरुले करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन् ।

व्यापार संघले सैनामैनामा रहेका साना, मझौला, ठूला व्यवसायी एवमु उद्यमीहरुलाई एकै ठाउँमा भेला गरेर कर, राजस्व तथा तिनका क्षेत्र र प्रावधानका बारेमा सम्बन्धित विषय विज्ञहरुमार्फत प्रशिक्षण सञ्चालन गरेको छ । सोही अन्तरक्रियात्मक प्रशिक्षणमा सहभागी यहाँका व्यवसायीहरुले करको दर बढाउने भन्दा पनि दायरा बढाएर करदातामा प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए ।

एक संक्षिप्त समारोहबीच सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले कार्यक्रमको उद्घाटन गर्दै राज्यले बनाएका विभिन्न नीति नियमहरु, तीन तहका सरकार र तोकिएका विभिन्न शिर्षकका करहरु, राजस्वका अनेक प्रावधानहरुका बारेमा जानकारी गराउने कार्यक्रम राखेर व्यापार संघले राम्रो सन्देश दिएको बताइन् ।

सैनामैना नगर सरकारले स्थानीय व्यापार र वाणिज्य क्षेत्रको विकास र विस्तार गरेर आम नगरबासीको दैनिक क्रियाकलापलाई सहज बनाउन उत्प्रेरणा दिएको उपप्रमुख रानाको भनाइ छ । सरकारले राजस्व बढाउन उद्योगी र व्यवसायीलाई उत्साहित गराउन जरुरी रहेको उल्लेख गर्दै उपप्रमुख रानाले करका प्रावधानलाई सिर्जनशील र व्यावहारिक बनाइने प्रतिबद्धता जनाइन ।

सैनामैनामा वस्तुको विक्री वितरण मात्रै होइन, सेवामूलक व्यवसायदेखि उत्पादनमूलक क्षेत्रका व्यवसाय समेत सञ्चालनमा रहेको र तिनै व्यापारी तथा व्यवसायी र उद्यमीहरुलाई एकै ठाउँमा भेला पारेर कर तथ राजस्वका बारेमा प्रशिक्षण सञ्चालन गरिएको सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

ससना किराना पसलदेखि आफैले मालसामान उत्पादन गरेर विक्रीवितरण गर्नेसम्मका व्यवसायी र उद्यमीहरु सैनामैनामै रहेको र करका अनेक प्रवधानका बारेमा सबैमा स्पष्ट जानकारी समेत नहुने भएकाले सम्बन्धित कार्यालयलका विषय विज्ञहरुमार्फत नै प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष पौडेलको भनाइ छ । सैनामैना व्यापार संघको अगुवाई र अरु सम्बद्ध संस्थाहरुसंगको समेत सहकार्यमा सैनामैनाको आर्थिक क्रियाकलापमा सघन बनाउने साझा उद्देश्य रहेको अध्यक्ष पौडेलले बताए ।

करका दर कम गर्ने र करको दायरा बढाउनेतर्फ तीनै तहका सरकारले ध्यान दिनुपर्छ भन्ने हामी सैनामैनाका उद्यमी, व्यवसायीहरुको साझा माग रहेको संघका वरिष्ठ उपाध्यक्ष देवीदत्त सुवेदीले बताए ।

व्यापार व्यवसायका क्षेत्रमा लागु भएका सबै प्रकारका कर, सबै तहका राजस्व र व्यवसायीले गर्नुपर्ने अनिवार्य कामका बारेमा सबै व्यवसायीहरुलाई अपडेट बनाउने र करदाताको उचित सम्मान हुनुपर्नेमा आफुहरुको जोड रहेको संघका महासचिव भीमप्रसाद सुवेदीले बताए ।

उक्त कार्यक्रममा आन्तरिक राजस्व कार्यालय बुटवलका कर अधिकृतहरु खडानन्द खरेल, प्रकाश गौतम, राजस्व अनुसन्धान कार्यालय बुटवलका अधिकृत दिपेन्द्र श्रेष्ठ, सैनामैना नगरपालिकाका कर अधिकृत शिवलाल घिमिरे र राजस्व शाखाका कर्मचारी सुजन भण्डारीलगायतले करका विभिन्न प्रावधान र राजस्वका क्षेत्रहरुका बारेमा सहजीकरण गराउनुका साथै कर र राजस्वका अलग अलग विषयमा प्रशिक्षण दिएका थिए ।

कर तथा राजस्वको नियमन गर्ने सम्बन्धित तीनवटै निकायका विज्ञ अधिकारीहरुले कार्यक्रममा सहभागी सैनामैनाका व्यवसायी, उद्यमी तथा व्यापारीका अगुवाहरुसंग अन्तरक्रियात्मक रुपमा सहजीकरण गर्दै प्रशिक्षण दिएकाले कार्यक्रम प्रभावकारी भएको संघका महासचिव सुवेदीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission