ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

फराकिलो बन्दै क्वाडी–बाग्दुला सडक

१२ भाद्र २०८१, बुधबार
१२ भाद्र २०८१, बुधबार

प्युठान, १२ भदौ ।
चकचके–खलङ्गा सडक खण्डमा पर्ने क्वाडी–बाग्दुला सडक फराकिलो गरिने भएको छ । सडक डिभिजन कार्यालय प्युठानले टेण्डर आव्हान र प्युठान नगरपालिकाले संरचना हटाउन शुरु गरेसँगै सडक फराकिलो बनाउने प्रक्रिया शुरु भएको हो ।
सडक फराकिलो बनाउनेका कार्यका लागि नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउन आव्हान गरेको प्युठान नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्द घिमिरेले जानकारी दिए । ‘सडक क्षेत्रमा आवास हटाउन सूचना निकालेका छौं’ घिमिरेले भने,‘त्यसतो क्षेत्रमा बनेका संरचना नगरपालिकाले हटाउँदछ ।’ सडक निर्माणका लागि सबै नागरिकले दायित्व बोध गर्नु पर्ने घिमिरेको भनाइ छ ।

सडक डिभिजन कार्यालय प्युठानले क्वाडि–बिजुवार–बाग्दुला सडक बिस्तारको केही दिन अघि टेन्डर खुलाएको थियो । प्युठान नगरपालिका १ क्वाडी स्थित बेलुवा खोलादेखि प्युठान नगरपालिका ८ बाग्दुलासम्म कालोपत्रे सडक यस आर्थिक वर्षमा ५ सय मिटर सडक बिस्तार गर्ने गरीने सडक सडक डिभिजन कार्यालय प्युठानका प्रमुख राजीव श्रेष्ठले बताए । जस अन्तर्गत दायाँबायाँ गरी १५ मिटरको चौडा बनाउने, पर्खाल उठाउने, नाली बनाउने, ग्राभेल सहित कालोपत्रेको काम गरिनेछ । नेपाल सरकारको वैकल्पिक सहायक राजमार्ग शीर्षक अन्तर्गत विनियोजित १ करोड बजेटमा उक्त काम गर्ने सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।

सडक विस्तार गर्दा सडक वरिपरि रहेका घर टहराहरू हटाउनुपर्ने भएकोले स्थानीय समुदाय, स्थानीय प्रशासन र प्युठान नगरपालिकासँग समन्वय गरिएको छ । सडक साँघुरो खाल्डाखुल्डी भएकाले यात्रामा असहज भएको अवस्थामा सडक चौडा र कालोपत्रे गर्ने योजना छ । यसपछि यात्रामा थप सहज हुने आशा गरिएको छ । सडक विस्तारको कामले बर्सेनि भइरहने दुर्घटनालाई समेत कम गर्नमा सहयोग पुग्ने सडक डिभिजन कार्यालयले विश्वास लिएको छ ।

क्वाडी– बिजुवार– बाग्दुला सडक विस्तार गर्ने काम सडक डिभिजन कार्यालयले गर्न थालेको बताउँदै प्युठान नगरपालिकाले सहजीकरण गर्ने प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगीले बताए । ‘सडक विस्तार गर्ने सबैको साझा धारणा छ’, मेयर योगीले भने,‘त्यसले गर्दा बाटोलाई अवरोध नहुने गरी स्थानीयसँग सहमति गरेर अघि बढ्छौ ।’ बेलुवा क्वाडी हुँदै बाग्दुलासम्मको बाटोमा धेरै चाँप, साँघुरो बाटो भएका कारण असुरक्षा भएको भन्दै सबैको एउटै निष्कर्ष भनेको बाटो रहेको योगीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?