ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

तम्घासमा रोपाइँ जात्रा

१२ भाद्र २०८१, बुधबार
१२ भाद्र २०८१, बुधबार

गुल्मी, १२ भदौ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा गुल्मीको सदरमुुकाम तम्घासमा बिविध कार्यक्रमहरू सहित रोपाई जात्रा पर्व मनाइएको छ । कृष्ण जन्माष्टमीको दोश्रो दिन बिगतका वर्षहरूमा जस्तै यसवर्ष पनि जिल्ला सदरमुकाम तम्घासमा रथ यात्रा सहित रोपाइँ जात्रा गरेर उल्लासमय तरिकाले यो पर्व मनाइएको हो ।

सदरमुकम तम्घास स्थीत तम्घास्थान संयुक्त मन्दिर व्यवस्थापन समिति, राधा माधव समिति, सत्यसाही केन्द्र, नेवा खलः, पतञ्जली योग समिति लगायत आधा दर्जन भन्दा बढी संघ संस्थाद्वारा संयुक्त रूपमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाईएको हो । मन्दिर व्यवस्थापन समिति लगायतका संघ संस्थाले मंगलबार बिहान रथलाई बजार परिक्रमा गराई श्रद्धालु भक्तजनहरूले घरघरबाट भगवान श्रीकृष्णको पुजाआजा गरेका थिए ।

सोही अवशरमा रथ यात्रा सकिएसँगै तम्घासको चिदिचौरमा रोपाइँ जात्रा, हाँस्यव्यंग्य गाईजात्रा प्रस्तुति, लाखे नाच, चरी नाच सहित विविध मनोरञ्जनात्मक व्यंग्यात्मक साँस्कृतिक झाँकीहरूको समेत प्रस्तुति गरिएको थियो । देशको विभिन्न घटनाक्रममा आधारित रहेर राजनैतीक एवं सामाजिक घटनाक्रम समन्धी हाँस्य व्यंग्य प्रस्तुति समेत गरिएको थियो । कार्यक्रममा खेत रोपाइँको क्रममा गाईने वालीको सुरिलो भाका गाएर कार्यक्रमलाई थप रोचक बनाईएको थियो ।

रोपाइँ जात्रा हेर्नका लागि गाउँगाउँवाट आएका मानिसहरूको ठूलो भिड लागेको थियो । नयाँ पुस्ताले पुराना परम्परा संस्कार र सँस्कृतिहरू बिस्तारै बिर्सिदै जानको अबस्थामा त्यसको संरक्षण तथा संबद्र्धनका लागि गुल्मीमा बर्षेनी यस्ता प्रकारका कार्यक्रमहरूलाई निरन्तरता दिँईदै आईएको छ । रोपाइँ जात्राको अवसरमा रेसुङ्गा नगरपालिकाले नगरपालिका भित्र मंगलबार स्थानीय बिदा समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?