ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
होटल ब्यवसायीको तिज मिलन

संघर्षको कथा बताउने पर्व तिज हो । —उपप्रमुख अर्याल

११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

बुटवल, ११ भदौ । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देहीले तिज मिलन कार्यक्रम २०८१ मनाएको छ । ब्यवसायमा आवद्ध महिला तथा परिवारलाई समेटेर मंगलबार बुटवलमा संघले तिज मिलन तथा सास्कृतिक कार्यक्रम गरेको हो । याक ब्रुअरी प्रालिको मुख्य प्रायोजन गरिएको कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले तिज अब केवल महिलामात्र नभई समावेशी चाडका रुपमा मनाउन थालिएको बताईन । संघर्षको कथा बताउने पर्व तिज भएको उनले दाबी गरिन । वर्त बस्दा श्रीमान दिर्घायु हुने भन्दा पनि आफनै आयु बढ्ने तर्क दिदै उनले बैज्ञानिक रुपमा पनि यो प्रमाणित भएको बताईन । ‘समयसंग तिज पर्वको महत्व अझ बढेको छ ।’–उनले बताईन । उनले आफ्नो १५ वर्षको उमेर विहे भएर तराइबाट पहाड जानुपर्दाको कथा सुनाईन । तिजलाई दुख बिसाउने विश्रामस्थलका रुपमा धेरै गित बनाएको भन्दै उनले गित समेत सुनाईन ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले संस्थागत रुपमा ब्यवसायीहरुको हकहितका विषयमा आवाज उठाउनेमात्र नभई ब्यवसायहरुको क्षमता विकास र तालिमलाई जोड दिएको बताए । स्थानिय सरकार ब्यवसायिहरुको हित हुने गरि कार्यक्रम ल्याउन उनले सुझाव दिए । बुटवललाई रात्रिकालिन बजारमार्फत चलायमान गराउदै आर्थिक रुपमा सबल बनाउने ब्यवसायिहरु लागेको उनले बताए ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट ब्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष तथा संघका प्रमुख सल्लाहकार माधव प्रसाद नेपालले तिज पर्वको आफ्नै महत्व रहेको बताए । पौराणिक कथा अनुसार शिव भगवानलाई स्वामी पाउनका लागि पार्वतीले लामो तपस्या गरेकी तर त्यो सफल नभएपछि भगवान विष्णुले पार्वतीलाई तालिका अनुसार ध्यान उपलब्ध गराएपछि शिवप्राप्ति भएको मानिन्छ । यता आधुनिक युगमा विवाहित छोरीहरु वर्षदिनमा माईत जाने र आफ्नो ब्यथा सुनाउने रुपमा यो पर्वलाई चिनिएको उनले बताए । तिज पर्वमा पछिल्लोसमय परिवारसंग बसेर हेर्न र सुन्न नसकिने खालका गित बजारमा आएको भन्दै त्यसलाई साथ दिन नहुने उनले बताए । होटल ब्यवसाय अप्नाउने ब्यवसायीहरु अतिथि देव भवको शब्दलाई ब्यवहारमा उतार्नुपर्ने जिम्मेवारीमा रहने हुदा पनि सब्य समाजको चित्रण गराउन महत्वपुर्व भुमिका रहने उनले बताए ।

कार्यक्रममा याक ब्रुअरी प्रालिका डिपटी म्यानेजर प्रितम गिरिले आफ्नो उत्पादनको प्रचार गर्नेमात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए । कम्पनीबाट प्रत्येक वर्ष महिला ब्यवसायीहरुलाई फैक्ट्रिमा लगेर भिजिट गराउने जस्ता कार्यक्रम समेत गर्दै आएको उनले बताए ।
कार्यक्रम ब्यवस्थापन समिति सदस्य एकादेव पाण्डेले हरितालिका तिजको मौलिकता जोगाउने गरि संस्थाबाट कार्यक्रम गर्दै आएको बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष तथा सल्लाहकार महेन्द्र श्रेष्ठ, सल्लाहकार समुन्द्र जिसि, महासंघ लुम्बिनी प्रदेशका सदस्य मोहनलाल पाण्डे, रामप्रसाद गौतम, मोहनलाल पाण्डे, संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, संघका महासचिव अर्जुन थापा, कार्यक्रम संयोजक कमला पाण्डेले पर्वका रुपमा संस्थागत रुपमा कार्यक्रम गर्दा एकआपसमा भाईचारा बढाएको बताए । कार्यक्रममा कलाकारहरु उज्वल गिरि र बसन्ता खनालले तीजका गितहरु गाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?