© २०२३
बुटवल, ११ भदौ ।
रूपन्देहीमा ७ औं संस्करणको २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ । युवाहरूलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ स्थापना भएको नेपाली युवा उद्यमी मंचले रूपन्देहीमा दुई दिने राष्ट्रिय नेतृत्व सम्मेलन गर्दैछ ।
नेपाली युवा उद्यमी मन्च रूपन्देहीको आयोजनामा टाइगर प्यालेसमा हुने कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री बिष्णु पौडेलले कार्यक्रमको उद्घाटन गर्ने भएका छन् ।
देशभरका युवा उद्यमीहरूलाई जमघट गराएर एक आपसमा उद्यमशीलता विकास र नेतृत्वका विषयमा छलफल हुने नेपाली युवा उद्यमी मंच रूपन्देहीका अध्यक्ष रिसव वझा जानकारी दिए ।
भदौ १४ र १५ गते दुई दिन हुने कार्यक्रमको तयारी पूरा भएको सोमबार बुटवलमा पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा द्वितीय उपाध्यक्ष अनिश कसौधनले बताए ।
डिजीटल युगमा नौलो र फरक सुबिधा सहित हाम्रो भबिस्य बारे र हामीले कसरी आफ्नो घर, परिवार, साथीभाई र वरिपरी तथा समाजमा कसरी उद्यमशिलता विकास कसरी गर्ने उद्यमशिलता मार्फत समावेशिता बढाउन र हरेक सदस्यहरू सँग भएका फरक क्षमतालाई, विविध प्रतिभालाई,सानोसानो काम मार्फत र स–सानो लघु उद्यम मार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ भन्ने उद्देश्यका साथ युवा उद्ममी मन्चको साझा धारण बनाउने यो सम्मेलनको मुख्य एजेन्डा रहेको संयोजक कसौधनले जानकारी दिए ।
कार्यक्रममा देशभरका युवा उद्यमीहरू भेला हुनेछन् । भेलामा प्यारालाल ट्रक, ललिङ्ग चेयर, कनेक्ट, पेसिडेन्ट मिट गरि ७ चेयर छलफल हुनेछ । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिका पूर्व उपाध्यक्ष सुरज वैद्म, रवि रायमाझी प्रमुख वक्ताहरू भएको उनले बताए ।
नेपाली युवा उद्यमी मंचले आफ्नो वार्षिक कार्ययोजना अनुरूप दुई दिने राष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न गर्न लागेको राष्ट्रिय गर्भनिङ काउन्सिलका अध्यक्ष कुसल सुन्दर श्रेष्ठले बताए ।
नेपालभरमा रहेका १४ च्याप्टरबाट १८२ जना युवा उद्यमीहरू गोष्ठी र तालिममा सहभागि हुने छन । काठमाडौं, बिरगंज, जनकपुर, ललितपुर, पोखरा, बिराटनगर, चितवन, सुनसरी, कैलाली, काभ्रे झापा, सुनसहरी नेपालगंज, कैलाली र रूपन्देही गरी १४ च्याप्टरमा ८ सय ५० बढी युवा उद्यमीहरू रहेको युवा उद्यमी मञ्वका मिडिया चेयर मन्जिल विश्वकर्माले बताए ।