ट्रेंडिंग:

>> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा

नेपाली जुत्ता घर पुनः संचालन

असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा शुरु गर्न लागेको हो ।
१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

बुटवल, १० भदौ । आगलागीबाट क्षति ब्यहोरेको बुटवल मिलनचोक डेल्टा मार्टस्थित नेपाली जुत्ता मेला पुनः संचालनमा आएको छ । असार ६ गते आगलागी भएपछि परिसरमा नै ४० वटा स्टलहरुमार्फत सेवा शुरु गर्न लागेको हो । स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उदेश्यका साथ नेपाली लुगा घरको आयोजनामा डेल्टा कम्प्लेक्स परिसरमा टेन्ट लगाएर जुत्ता घरको एक समारोहका बिच लुम्बिनी प्रदेशका पूर्वमन्त्री विष्णु पन्थीले आईतबार उद्घाटन गर्दै स्वदेशी उत्पादन भाषणमा नभई काम गरेर प्रवद्र्धन गर्नुपर्ने बताए । देशलाई आर्थिक रुपमा सबल बनाउने गरि युवाहरुबाट नै योजनाहरु अघि सार्नुपर्ने उनको तर्क छ । अब भाषणभन्दा पनि काम गरेर देखाउने समय आएको उनले बताए ।

कार्यक्रममा लुगाघरका संचालक प्रकाश भुसालले भदौ ९ गतेदेखि दोस्रो बुटवल जुत्ता चप्पल व्यापार मेला उद्घाटन अघि केही संस्थाहरुबाट लज्जास्पद हर्कत गरिएको दुखेसो गरे । आम उपभोक्तामैत्री सेवा दिन लागेको बेला गलत आरोप लगाईएको भन्दै एमआरपि ट्याग मुल्यमा छुट दिईने गरि आफुहरु लागेको बताए । बजारमा रहेका ब्यवसायीहरुले संस्थाको आडमा उपभोक्ता ठग्ने काम गरेको आरोप लगाए । नेपालका ८ उद्योगका ३० भन्दा धेरै ब्रान्ड र ३००० भन्दा धेरै डिजाईनका जुत्ताहरु यहा उपलब्ध हुने उनले बताए । मेलाको आकर्षणको रुपमा स्थानिय उद्योगबाट उत्पादन गरिएको मोजा पहिलो दुई हजार ग्राहकलाई १ रुपैयामा उपलब्ध गराईने उनले बताए । तिज, दसै जस्ता महान चाडपर्व केन्द्रीत गरि मेला लगाईएको उनले बताए । फैक्ट्रिदेखि उपभोक्तासम्मको यो अभियानलाई देशभर लग्ने उनले बताए ।

उद्घाटनअघि भएको पत्रकार सम्मेलनमा जुत्ता उत्पादक संघका अध्यक्ष रुद्र न्यौपानेले नेपालमा १६ करोड जोडी जुत्ताचप्पल उत्पादन गर्न सक्ने क्षमताका पुर्वाधार छ । नेपाली बजारको माग भने १० करोड जोर रहेको उनले बताए । करीब ४ करोड जोडी जुत्ताचप्पल बाहिरबाट भित्रने र त्यसमा पनि ढाई करोड जोडी जति ग्रे मार्केटबाट भित्रने गरेको उनले दाबी गरे । ‘यसले राजश्व छलिका साथै आम उपभोक्ता ठगिने काम भएको छ ।’— उनले भने । आफुहरु आन्तरिक प्रतिस्पर्धा गरेर उत्पादन गर्दा उत्कृष्ट उत्पादन उपभोक्तासमक्ष लग्ने समेत दाबी गरे । लामोसमयदेखि रोकिएको सेवालाई टेन्ट राखेर नै सेवा दिन लागेको बेला अवरोध आएको उनले बताए । ब्यवस्थापन चेन्ज गरेर उपभोक्तालाई सहज सेवा दिने लक्ष्यसहित योजना बनाएको दाबी गरे।केही छातासंगठनका साथीहरु दिशाभ्रमित भएको उनले बताए ।

कार्यक्रममा फुटवेयर मेनुफेक्चर एशोसियसन अफ नेपालका केन्द्रिय उपाध्यक्ष सुरज बन्जाडेले नेपालको औद्योगिक उत्पादनमा फुटवेयर क्षेत्रको योगदान उल्लेखनीय रहेको दाबी गर्दै त्यसमा पनि नेपाली फुटवयर जन्य सामान नेपाली उपभोक्ताहरुको मागको ६५ प्रतिशत योगदान नेपाली उत्पादनवाट भइरहेको बताए । बेस ग्लोबल प्रालि, लालिगुरास फुटवेयर ईण्डष्ट्रिज प्रालि, शुभकामना फुटवेयर, स्मार्ट शु, एक्सन शु, शिखर शु, पवित्रा शु, रन शु ईण्डष्ट्रिज प्रालि लगायत ८ कम्पनिका ३० ब्रान्डका एउटै छानामुनी ३००० भन्दा धेरै भेराइटी सहित १५% देखि ५०% सम्म छुटमा कारखानाकै मुल्यमा उपभोक्ता सम्म पुर्याउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?