ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

गैरीखुट्टा सेवा समाज रुपन्देहीद्वारा तीज मिलन

९ भाद्र २०८१, आईतवार
९ भाद्र २०८१, आईतवार

बुटवल, ९ भदौ ।

गैरीखुट्टा सेवा समाजले हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज मिलन कार्यक्रम सम्पन्न गरेको छ । गैरीखुट्टाबाट रुपन्देहीका विभिन्न ठाउंमा स्थायी तथा अस्थायी बसोवास गर्ने सबै गैरिखुट्टाबासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको समाजका सचिब बद्री घिमिरेले जानकारी दिए ।

तीजको अवसरमा रूपन्देहीको तिलोतमा नगरपालिकास्थित शंकरनगर वनबाटीका मा शनिबार आयोजित तिजमिलन तथा सम्मान कार्यक्रममा चेलिबेटी हरुलाई तिजको शुभकामना दिदैं दर खुवाइ आर्थिक सहयोग गर्ने दाताहरूलाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

कार्यक्रमको उदघाटन समाजका सल्लाहकार ज्ञान प्रसाद घिमिरेले गरेका थिए । त्यस अवसरमा उनले मानिस जो जहां रहेपनि जन्म भूमिको सम्झना र माया सदा रहिरहने बताए । जन्म भूमि प्रतिको माया ममता र भाइचाराको सम्बन्ध कहिल्यै बिर्सन नहुने उनले गैरिखुट्टाबासीहरुलाई आग्रह गरे ।

यसै समाजका आजिवन सदस्य राममणि अर्यालले गैरीखुट्टा सेवा समाज खोलिनुको उद्देश्य र यसका काम कर्तव्य बारे प्रष्ट पारेका थिए भने तीज मिलन कार्यक्रमका संयोजक समाजका सदस्य केदार घिमिरेले यो समाज विशुद्ध सामाजिक उद्देश्यले स्थापना गरिएकाले सबै गैरिखुट्टाबासी यस समाजमा आवद्ध भएर सामाजिक अभियानमा जुट्न आग्रह गर्दै साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिए ।

सो अवसरमा रमाईलो नाच गान सहित एक आपसमा शुभकामना आदान प्रदान गरिएको समाजका अध्यक्ष टिकाराम गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?