Butwal Today

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

९ भाद्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटनामा परेको छ ।  महेन्द्रनगरबाट काठमाडौँ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना हुँदा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि  भरतपुर लगिएको छ । बसमा आफैँ अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको भिडियोमा देख्न सकिन्छ ।