© 2026
बुटवल, ८ भदौ ।
लियो क्लब अफ बुटवलको आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । शनिबार बुटवल मिलनचोक दियालो फुडल्याण्डमा रक्तसंचार केन्द्र भैरहवाको प्राविधिक सहयोगमा रक्तदान गरिएको हो । अध्यक्ष प्रतिक खनालले रगतको अभावले कसैको ज्यान गुमाउन नपारोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको र अब ९० दिनको अन्तरालमा रक्तदान गर्ने खनालले बताए ।
रक्तदान कार्यक्रममा १ सय १७ जनाले रक्तदान गरेका संयोजक प्रतिक ज्ञवालीले जानकारी दिए । वृहत् रक्तदान कार्यक्रममा ३० जनाले पहिलो पटक रक्तदान गरेका थिए ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि नेपालका द्वितिय भाइस गभर्नर संदिप कसौधनले पश्चिम नेपालकै पुरानो क्लब लियो क्लब बुटवलले विगत ३९ बर्षदेखि सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत रक्तदान लगायत विभित्र सामाजिक कार्य गर्दै आएको बताए ।
लियो अध्यक्ष सल्लाहकार नरेश कुमार श्रेष्ठले रक्तदान जिवनदान भएकोले रक्तादान गर्नुपर्ने बताए । लायन्स क्लब अफ बुटवल अध्यक्ष मृगेन्द्र गोविन्द श्रेष्ठले रगतको अभाव हुन नदिन नियमित रक्तदान गर्ने अब लायन्स, लायनेस, लियो मिलेर सयुक्त गरिने बताए । लायनेस क्लब अफ बुटवल अध्यक्ष मिना श्रेष्ठ लगायतले बोलेका थिए ।ं