ट्रेंडिंग:

>> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठ भन्छन्– व्यापारको ट्रेन बदलौं, नभए धेरै सटर बन्द हुन्छन्

८ भाद्र २०८१, शनिबार
८ भाद्र २०८१, शनिबार

बुटवल, ८ भदौ ।

राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश कुमार श्रेष्ठले व्यवसायीहरुले अव व्यापारको ट्रेन बदल्नुपर्ने बेला आएको बताएका छन् ।

उनले अवको व्यापार परम्परागत ढंगबाट चल्न नसक्ने भन्दै व्यापारको ट्रेन नबदल्ने हो भने अझै धेरै सटरहरु बन्द हुने बताए ।

नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अधिवेशनमा विशेष वक्ताको रुपमा निम्त्याइएका श्रेष्ठले उपभोक्ताहरुको रोजाई सुपरमार्केट र अनलाईन व्यापारतर्फ रहेकाले अव व्यवसायीहरु क्रमशः यस दिशातर्फ केन्द्रित हुनुपर्ने बताए । “थुप्रै व्यवसायीहरुले व्यवसायच लेन मन्दी आयो भन्नुहुन्छ, तर भाटभटेनी जस्ता सुपर मार्केट हेर्ने हो भने मन्दी आएको देृखिंदेन, व्यापार बढेको छ, बरु अव उपभोक्ता स साना सटर छाडेर सुपर मार्केटतर्फ केन्द्रित हुन थालेका छन् ।”

लुम्बिनी प्रदेश योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका श्रेष्ठले विश्व अर्थतन्त्रमा आएको परिवर्तनले नेपाली अर्थतन्त्रलाई पनि डोर्याएको तर त्यस अनुरुप नेपाली व्यवसायीहरु हिंड्न नसकेको बताए । “अहिले प्रविधिलाई प्रयोग गर्दै व्यापार गर्नुपर्ने स्थिति आएको छ, अनलाईन व्यापापार फस्टाउन थालेको छ, किनकी अहिलेको युवा पीढि त्यसतर्फ आकर्षित छ”–उनले भने, “तर नेपाली व्यवसायीहरुको व्यापार गर्ने तौर तरिका भने पुरानै ढर्राको र परम्परागत छ ।”

उनले पहिलेको जेनरेशनले आधुनिक व्यापारलाई अंगाल्न नसकेको र नयाँ जेनरेशन आफ्ना पुस्ताले गर्दै आएको व्यवसायमा रुची नराखेर विदेश पलायन भैरहेको भन्दै यो पनि मुख्य समस्याको रुपमा रहेको बताए । श्रेष्ठले मुलुकको आर्थिक अवस्थामा परिवर्तन हुँदै नभएको जसरी भाष्य खडा गर्न खोजिएको भन्दै त्यो पनि सत्य नभएको बताए । “हिजो साइकल चढ्नेहरु आज गाडीमा हिंड्न सक्ने भएका छन्, यो आर्थिक अवस्थामा आएको परिवर्तन हो”–श्रेष्ठले भने, “तर परिवर्तनलाई आत्मसाथ नगरी असन्तोष मात्रै गर्ने प्रवृत्तिले भने नकारात्मक मनोविज्ञानको विकास गरेको छ ।”

उनले लुम्बिनी प्रदेशको आर्थिक अवस्था सुधार्न तीनवटा क्षेत्रलाई केन्द्रित गरेर विकास गर्नुपर्ने आवश्यकता औंल्याए । कृषि, उद्योग र पर्यटनमा यो प्रदेशमा थुप्रै संभावना रहेकाले प्रदेश सरकार यस दिशातर्फ केन्द्रित हुनुपर्ने सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?