© २०२३
बुटवल, ८ भदौ ।
नेपाल भूतपुर्व सैनिक संघ तिलोत्तमा नगरको दोस्रो अधिवेशन तथा भेला सम्पन्न भएको छ ।
कार्यक्रमको उदघाटन गर्दै नेपाली काँग्रेसकी नेतृ गंगा शाहीले आजको नेतृत्वले पार्टी बलियो बनाएर आफ्नो सैनिक संघको विकास गर्नुपर्ने बताइन् । अबको कार्यसमितिलाई राम्रो नेतृत्व गरेर अगाडि बढ्न उनले शुभकामना समेत व्यक्त गरिन् ।
तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले अब हामीले भुपुहरुलाई संगठित गराएर नेपाली कांग्रेस र भुपु सैनिक एउटै पाटाका दुइवटा सिक्का भएको भन्दै भुपुहरुले कम्युनिष्टलाई नमान्ने र कम्युनिष्टले भूपूलाई नमान्ने बताए । अब नयाँ कार्यसमितिले यस नगरको नेतृत्व लिएर अगाडि बढ्न उनले शुभकामना दिए ।
कार्यक्रमका अध्यक्ष गोपाल थापाले बि.पि कोइराला भनेझै सबै एकजुट हुनुपर्ने र गरिबी, अशिक्षाको खाडल हटाउँदै भ्रष्टाचार नियन्त्रणमा संघर्ष गर्नुपर्ने बताए । लोकतन्त्र बलियो भए सबै क्षेत्र बलियो हुने भन्दै उनले भुपुलाई एक ठाउँमा संगठित गराउनुपर्नेमा जोड दिए ।
शिक्षा विज्ञान प्रविधिका उपाध्यक्ष टेक बहादुर थापाले नेपाल भुतपुर्व सैनिक संघले गरेको योगदानको उच्च कदर गर्दै आफुभित्र रहेको क्षमतालाई एकरुपतामा अगाडि बढाएको र नयाँ नेतृत्वले राम्रो कामहरु गर्दै जाओस् भनी शुभकामना दिए ।
नयाँ कार्यसमितिको अध्यक्षतामा क्याप्टेन नर बहादुर कार्की, सचिवमा लाल बहादुर कार्की, कोषाध्यक्षमा क्याप्टेन कृष्ण बहादुर कार्की लगायत १५ जना सदस्यहरु कार्यसमितिमा चयन भएका छन् । निर्वाचन मन्डलमा कुल बहादुर के.सी, राम बहादुर, लाल बहादुर भण्डारी रहेका थिए ।