© २०२३
बुटवल, ८ भदौ । रोटरी क्लब अफ बुटवल डाउनटाउनले क्लबका नया सदस्यहरुलाई अभिमुखिकरण तथा तीज मिलन कार्यक्रम गर्ने भएको छ । क्लबका नया सदस्यहरुलाई रोटरीको मुल्यमान्यता र सामाजिक कार्यमा गर्ने कार्यक्रमबारे अभिमुखिकरण गर्ने भएको हो ।
क्लबको शुक्रबार बसेको ९९४ नियमित बैठकमा अध्यक्ष शिव ज्ञवालीले नेपाली मौलिक चाडपर्वलाई सभ्य रुपमा मनाउने उदेश्यका साथ क्लबका महिला सदस्यहरुबिच तीजमिलन कार्यक्रम भदौ १२ गते तथा अभिमुखिकरण कार्यक्रम भदौ १६ गते गरिने बताए । यसैगरि क्लबको वार्षिक कार्ययोजना अनुसार वृहत निशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम समेत गर्ने तयारी रहेको उनले बताए ।
यसैगरि क्यानडामा हुने आरआई कन्भेन्सनमा क्लबबाट बढीभन्दा बढी सहभागीताका लागि आवश्यक कागजी प्रक्रियामा सहयोग गर्ने गरि संयोजक डिबि रायमाझीलाई जिम्मेवारी दिईएको उनले बताए ।
कार्यक्रममा पूर्वअध्यक्ष जिवन अधिकारी, पिताम्बर ज्ञवाली, रबि पोखरेल, कमला हमालले क्लबका सदस्यहरु बिच भाईचारा, नेतृत्व विकास र सामाजिक कार्यलाई जोडेर योजनाबद्ध कार्यक्रमहरु बनाउन सुझाव दिए ।