© २०२३
बुटवल,०८ भदौ ।
कालिका मानवज्ञान माविको आयोजनामा नेपाल नियमित रक्तदाता संघ को सहकार्य मा शुक्रबार वृहत् रक्तदान कार्यक्रम गरिएको छ । कार्यक्रम मा बोल्दै कालिका मानवज्ञान माविका विद्यालय व्यवस्था समिति अध्यक्ष नित्यनन्द ज्ञावाली ले रक्तदान महादान भएको बताएका थिए । उनले विद्यालयलृ विगत लामो समय देखि सामाजिक उत्तरदायित्व अभियान अन्तगत रक्तदान लगायत विभित्र समाजिक कार्य गर्दै आएको बताए ।। अध्यक्ष नित्यानन्द ज्ञवालीले रक्तदानले विधार्थीहरुलाई मानविय सेवाभावको विकासमा प्रेरणा मिल्ने बताए । उनले रक्तदान जस्तो अति नै अमूल्यदानले विरामीको ज्यान बच्ने हुँदा नियमित रक्तदाता संघले गरेको अभियानको मुक्तकण्ठले प्रशंसा गर्दे आगामी दिनमा पनि रक्तदान निरन्तर गर्नुपर्ने बताए । नेपाल नियमित रक्तदाता संघका केन्द्रिय बरिष्ठ सल्लाहकार एवं कालिका मानव ज्ञान माविका पूर्व प्रध्यापक बिमल बहादुर शाक्यले नियमित रक्तदाता संघले कुनै पनि विरामीलाइृ रगतको अभाव हुन नदिन प्रतिबद्ध रहेको बताए । उनले नियमित रक्तदाता संघ विभिन्न संघ संस्था, विधालय ,टोलहरु संगको सहयोगमा युवाहरुलाई रक्तदानमा प्रोत्शाहन गर्दे अगाडी बढिरहेको बताए ।। मुलकभर धेरै रगतको आवश्यक पर्ने र लक्ष्य अनुसारको रगत संकलन गर्न नसकिएको बताए गत दुई आर्थिक बर्षको रगत संकलन र वितरणको अवस्था बताउँदै आर्थिक बर्ष २०७९ र८० मा २ लाख ८१ ह्जार ३ सय १६ यनिट रगत संकलन भएको र ३ लाख ९१ ह्जार ८ सय ५३ यनिट वितरण भएको त्यसैगरी अर्थिक बर्ष २०८०र८१ मा २ लाख ९४ हजार ४ सय ७७ युनिट संकलन भएको र ४ लाख ६ हजार २ सय ७१ इनिट बितरण भएको बताए शाक्यले रगत किन्न नपाईने र कुनै कारखानामा नबब्ने भएकाले हामी सबैले नियमति रक्तदान गर्नुपर्ने बताए ।
नियमित रक्तदाता संघले युवा उठौं युवा जुटौं रक्तदानको लागी सबै अगाडी बढौं भन्ने मूलनारा बोकी निरत्नर रुपमा अगाडी बढको बताए । कालिका मानव ज्ञान माविका प्रध्यानाध्यापक एवं नियमित रक्तदाता संघका सल्लाहकार दिनेश थापाले विधार्थाीहरुलाई रक्तदान जिवनदान भएकोले रक्तादान गर्नुपर्छ भन्ने शिक्षा प्रदान गर्न यस्ता कार्यक्रमले प्रोत्साहन गर्ने बताए । त्यसैगरी नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अषेश सिलवालले कार्यक्रमको समापन गर्दे रगतको अभाव हुन नदिन नियमित रक्तदाता सघ रुपन्देही निरन्तर लागी रहेको बताउँदै कार्यक्रममा उपस्थित प्रमुख अथिति विशिष्ठ अथिति, अथिति , रक्तदाता , विधार्थाीहरु लगायत सम्पूर्णमा धन्यवाद ब्यक्त गरेका थिए । नकार्यक्रममा शिक्षक अभिभावक संघ कालिका मावि।का अध्यक्ष केशव पोख्रेलले, नियमति रक्तदाता संघका सदस्य दिपक अधिकारी लगायतले आ आफ्नो भनाइ राखेका थिए । कार्यक्रम मा १३९ जनाले रक्तदान गरेका छन ।