© २०२३
बुटवल, ७ भदौ । हिन्दु नारीहरुको महान चाड तीजलाई लक्षित गरि एनजी मार्टमा तिज गित प्रतियोगिता हुने भएको छ । मौलिक पर्वलाई जगेर्नासंगै उपभोक्तालाई मनोरन्जन दिने गरि भदौको दोस्रो हप्ताबाट खुला तिज प्रतियोगिता हुने भएको हो ।
मार्ट परिसरमा शुक्रबार पत्रकार सम्मेलन गरि मार्टका अध्यक्ष नारायण बन्जाडेले आफुहरु लक्ष्य अनुसार काम गर्न सफल भएको बताए । कोभिड १९ संक्रमण र आर्थिक मन्दीकै कारण केही कठिनाई भएको भन्दै नेपाली उपभोक्तालाई भारतिय बजार जानबाट रोक्ने लक्ष्यमा सफल भएको बताए । तिज गित प्रतियोगितामा सहभागीताका लागि भदौ १० गतेसम्म दर्ता अवधि तोकिएको उनले बताए । प्रतियोगितामा आमा समुह, विद्यालयहरुबाट गरि करीब ४ सय बढी टिमहरु सहभागी रहने अनुमान छ ।
प्रतियोगिताको उपाधि विजेताले नगद २५, १५, १० हजार रुपैया पुरस्कार पाउने छन । तिज अवधिमा ५० हजार उपभोक्ता भित्राउने लक्ष्य रहेको उनले बताए । सात सय टोल विकास संस्था र ५ सय आमा समुहलाई समेटेर टईअप गरेर अघि बढ्न लागेको उनले बताए । उपभोग्य खरिदमा रोयल्टी पोईन्ट समेत उपलब्ध गरि केवाईसि भर्ने र अन्तरक्रियासमेत गरिरहेको उनले बताए । साथै विभिन्न बैकसंग समन्वय गरि कार्ड प्रयोगमा छुट दिने तयारीमा रहेको बताए ।