ट्रेंडिंग:

>> पुर्व आईजीपी राणाको अन्तिम बिदाइ (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग

करले रोल्पाका व्यवसायी आन्दोलित

७ भाद्र २०८१, शुक्रबार
७ भाद्र २०८१, शुक्रबार

रोल्पा, ०७ भदौ ।
स्थानीय व्यवसायीहरूको वन्दका कारण रोल्पा सदरमुकाम लिवाङ ठप्प भएको छ । विहिवार विहानै देखी पसल, होटल, चिया पसल, उद्योग, डेरी उद्योग , तकारी, औषधी पसल सबै वन्द भएका छन । व्यवसाय बन्द गरेर उनीहरू रोल्पा नगरपालिकाले लिँदै आएको करको विरोधमा उत्रिएका हुन ।
उनीहरूले रोल्पा नगरपालिकाले निर्धारण गरेको व्यवसायी कर अवैज्ञानिक, अव्यवारिक र गैर कानूनी भएको आरोप लगाएका छन् । संघीय सरकार र प्रदेश सरकारले ९५ प्रतिशत सम्म कर छुट गराएर व्यवसायीहरूलाई करको सहुलियत दिएपनि रोल्पा नगरपालिकाको स्थानीय सरकारले ६ सय प्रतिशत सम्म कर बढाएको उनीहरूका आरोप छ ।

पछिल्लो पटक निर्धारण गरिएको व्यवसायी कर अवैज्ञानिक, अव्यवहारिक र गैरकानूनी भएकाले आफूहरू विरोधमा उत्रिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यको भनाइ छ । स्थानीय सरकार व्यवसायीको पनि अभिभावक हुनुपर्नेमा सौतेनी व्यवहार गरेको अध्यक्ष आचार्यको आरोप छ ।

रोल्पा उद्योग वाणिज्य संघले यस विषयमा चरणवद्ध कार्यक्रम समेत गरिरहेको छ । उसले गत असार १८ गते रोल्पा नगरपालिकाका नगरप्रमुख सुरेन्द्र थापा घर्तीसँग छलफल गरेको थियो । पहिलो छलफलमा सकारात्मक छलफल भई दोश्रो छलफल असार २५ गते गर्ने सहमती भएपनि सो मितिमा आफूहरूलाई नगरपालिकाले छलफलका लागि खबर नगरेको रोल्पा उद्योग वाणिज्य संघले बताएको छ । साउन ७ गते रोल्पा उद्योग वाणिज्य संघको बैठकले जनविरोधी करको विरुद्ध थप दबाब दिने निर्णय गरेको थियो । सोही अनुसार संघर्ष तथा परामर्श समिति गठन गरि दबाबमुलक कार्यक्रम समेत तय गरेको थियो । उसले गत साउन २२ गते रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र थापा घर्तीमगरलाई भेटी पुनः ध्यानाकर्षण गराएको थियो । यसैगरी जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र बुझाउने देखि जिल्लास्थित राजनैतिक दल र संचारकर्मीहरूसंग समेत यस विषयमा परामर्श गरेको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशवकुमार आचार्यको भनाइ छ ।

रोल्पा नरपालिकाले लिँदै आएको करको विवाद समाधान नभएसम्म व्यवसायीहरूले कर नतिर्ने घोषणा गरेका छन् । जिल्ला सदरमुकाम लिवाङमा वसेको उद्योगी व्यवसायीहरूको वृहत भेलाले विवाद समाधान नभएसम्मका लागी कर नतिर्ने घोषणा गरेको हो । उनीहरूले नगरपालिकाको कार्यालयलाई कुनै सामान चिटका आधारमा बिक्री नगर्ने र उपलब्ध नगराउने निर्णय समेत गरेका छन् ।

रोल्पा नगरपालिकाबाट लिइएको अव्यवहारिक, असामान्य, असान्दर्भिक, आपत्तिजनक र अवैज्ञानिक स्थानीय व्यवसायिक करको विरुद्धमा संघर्ष र परामर्श समिति समेत गठन गरिएको छ । सो समितिले साउन २८ गते जिल्ला प्रशासन कार्यालय रोल्पामा ज्ञापन पत्र समेत बुझाएको छ । ४ बँुदे ज्ञापन पत्रमा रोल्पा नगरपालिकाले लिँदै आएको कर प्रणालीको विरोध गरिएको छ । साना व्यवसायीहरूको ढाड सेक्ने गरि अवैज्ञानिक र गैरकानूनी तवरले लिईदै आएको कर अबिलम्व सच्याउन आग्रह गरिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष केशव आचार्यले जानकारी दिए । पहिलो चरणमा परामर्श छलफल, माग पत्र पेश जस्ता कार्यक्रम गर्यौ । त्यसलाई सुनुवाई नभएपछि दोश्रो चरणमा शान्तिपूर्ण रूपमा अनिश्चित कालिन व्यवसाय वन्द गरेर विरोधमा उत्रिएका छौ अध्यक्ष आचार्यले भने । हाम्रो आग्रहको सुनुवाई नभए थप कडा संघर्षका कार्यक्रम अघि बढाउँछौ अध्यक्ष आचार्यले भने ।
दश स्थानीय तह रहेको रोल्पामा तीन स्थानीयले व्यवसायी कर लिइरहेका छन । व्यवसायी कर लिने स्थानीय तहहरूमा सुनिलस्मृती गाउँपालिका, माडी गाउँपालिका र रोल्पा नगरपालिका रहेका छन । जिल्लाका अन्य वाँकी ७ स्थानीय तहहरूले भने अहिले सम्म व्यवसायी कर लिएका छैनन । कर लिएका तीन मध्ये सुनिलस्मृती गाउँपालिका र माडी गाउँपालिकाले स्थानीय व्यवसायी संग परामर्श गरी कर लिएको रोल्पा उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission