© २०२३
काठमाण्डौ ६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा पाँच बर्षे हदम्याद कुनै हालतमा मान्य नहुने बताएका छन । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले भ्रष्टाचार कसुरमा कुनै पनि प्रकारको हदम्याद नराख्न लगातार युवाहरुको फोन आफुलाई आइरहेको भन्दै पाँच बर्षे हदम्याद राख्ने कुरा हुनै हालतमा मान्य नहुने बताए ।
रास्वपा भ्रष्टाचारको मुद्दामा कुनै पनि हदम्यादको पक्षमा नरहेको उनले बताए । उनले देशका युवाहरुले देशको चिन्ता गर्दै सांसदहरुलाई झकझकाउनु सकारात्मक भएको धारणा राखे। हदम्यादको बिरोधमा सिंगोसदन एक ठाँउ उभिने उनको विश्वास छ । त्यस्तै लामिछानेले नीतिगत भ्रष्टाचारको निर्णयगरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रुपमा हेरेको भन्दै यसको स्पष्ट परिभाषा आउनुपर्नेमा जोड दिए ।
राज्यको बिभिन्न निकायमा दलितको प्रतिनिधित्व हुनुपर्ने माग राख्दै आन्दोलन गरिरहेका दलित अधिकारकर्मी खगेन्द्र सुनुवारलाई प्रहरीबाट भएको पक्राउ प्रति आपत्ती जनाए । आफ्ना माग लिएर आन्दोलन गरिरहेका माथि हस्तक्षेप गर्नुको साटो संविधानले निर्दिष्ट गरे अनुसार राज्यको बिभिन्न निकायमा उनीरुको सहभागीता गराउनुपर्ने उनको माग छ ।