© २०२३
हैदाराबाद।
आन्ध्र प्रदेशको अनकापल्ले जिल्लामा रहेको एक फार्मा कम्पनीमा भयंकर आगलागीमा परी अहिलेसम्म १८ जनाको मृत्यु भएको छ ।
सो दुर्घटना परी अहिलेसम्म १८ जनाको मृत्यु भएको जानकारी स्थानिय प्रहरीले दिएको छ । हिजो अबेर राति प्रशासनले १७ जनाको मृत्यु भएको पुष्टि गरेको थियो भने ३६ जना घाइते भएका जनाएको थियो ।
सबैलाई जिल्लाको एनटीआर अस्पतालमा भर्ना गरिएको छ। घटना अच्युतपुरम सेजमा रहेको फार्मा कम्पनी एस्सेन्टियाको प्लान्टमा भएको हो । प्रत्यक्षदर्शीले पहिले कम्पनीको रिएक्टर नजिकै आगो देखेपछि ठूलो विष्फोट भएको बताए । जसका कारण भवनको पहिलो तल्लाको स्ल्याब भत्किएको थियो ।
कारखानामा दुई सिफ्टमा ३ सय ८१ जनाभन्दा बढी कर्मचारी काम गर्ने भएकाले घाइतेको सङ्ख्या बढी हुन सक्ने स्थानीयले बताएका छन् । घटना हुँदा अधिकांश कर्मचारी खाजा खान गएका थिए । जसका कारण क्षति कम भएको जनाईएको छ ।
पहिलो तल्लाबाट दोस्रो तल्लामा सोल्भेण्ट तेल पम्प गर्ने क्रममा चुहावट भई आगलागी भएको अधिकारीहरुले बताएका छन् । यसले ५०० किलोलिटरको क्यापेसिटर रिएक्टरमा विस्फोट गराएको थियो ।
मध्यवर्ती रसायन र सक्रिय औषधि सामग्री (एपीआई) को निर्माता एसिएंटिया एडवांस्ड साइंसेजले २०० करोड रुपैयाँको लगानीमा यो कारखाना सुरु गरेको हो। यसको उत्पादन अप्रिल २०१९ मा सुरु भएको थियो।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी