ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

एघार महिनामा ८४ सर्पदंशका बिरामी

५ भाद्र २०८१, बुधबार
५ भाद्र २०८१, बुधबार

प्युठान,०५ भदौ ।
प्युठानको लामाचौर कच्छारमा स्वर्गद्वारी सर्पदंश उपचार केन्द्र स्थापना भएपछि प्युठान र रोल्पाका सर्पदंश बिरामीलाई राहत मिलेको छ । स्थापना भएको एघार महिनामा ८४ जनाले उपचार पाएका छन् ।
स्वर्गद्वारी नगरपालिका–९ लामाचौरमा २०८० असोज १४ गते देखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रबाट रोल्पा र प्युठानका गरी ८४ जना सर्पले टोकेको बिरामीले उपचार पाएको उपचार केन्द्रका प्रमुख हेमराज पौडेलले जानकारी दिए । ‘८४ जना मध्ये ३७ जनालाई हरियो सर्प र अन्य ४४ जनालाई भने विषालु नभएको सर्पले टोकेको पाइयो’ पौडेलले भने,‘ ति मध्ये दुई जनाको मात्रै रिफर भएको छ तर उहाँहरू निको भएर घर फर्किसक्नु भएको छ ।’ उपचार केन्द्रको तथ्याङ्कमा जिल्लामा कोब्राले टोकेको विरामीको उपचार समेत भएको पाइएको छ ।

उपचार केन्द्र नहुँदा जिल्लाका सर्पदंशका विरामी कपिलबस्तु, रूपन्देही, बाँके र लमही लगायतका ठाउँमा पुग्नु पर्ने बाध्यता थियो । जिल्लामा उपचार सेवा नहुँदा २०८० असार ९ गते मात्रै प्युठान नगरपालिका–४ का १३ वर्षीय बालक अभिषेक नेपालीको ज्यान गएको थियो । सर्पले टोकेका विरामीले समयमा उपचार पाए निको हुने भएपनि जिल्लामा अभिषेक जस्ता धेरैले धामी, झाँक्रीको भर परेर र उपचार नपाएर मर्नु परेको छैन् ।

विषालु मानिने कोब्रा जातको सर्पले टोकेको बिरामीको समेत जिल्लामा सफल उपचार भएको छ । गत साउन २२ गते घाँस काट्ने क्रममा माण्डवी गाउँपालिका–३ दारिमचौरी माया भण्डारीलाइ कोब्रा जातको सर्पले टोकेको थियो । उनका श्रीमान खगेश्वर भण्डारीले आफ्नी श्रीमतीको नजिकै उपचार पाएकाले नयाँ जीवन दिएको महशुस भएको बताए । ‘जिल्लामा नै सुबिधा हुँदा सहजै उपचार पाइयो ’ उनले भने,‘ अहिले सामान्य अवस्थामा छन् ।’ विषालु सर्पले टोकेकोले डर भएपनि समयमै उपचार श्रीमती निको भएको भन्दै भण्डारीले खुशी व्यक्त गरे ।

उपचार केन्द्र सञ्चालनको ११ महिना पुग्दा सञ्चालनमा भने कठिनाई देखिदैं आएको छ । सञ्चालनका लागि प्युठानका गाउँपालिकाले १ लाख र नगरपालिकाले १ लाख ५० हजार रूपैया दिने सहमती भएपनि बजेट व्यवस्था गरेका छैनन् ।
‘उपचार केन्द्रको खाता राख्ने भने पनि राखिदिएका छैनन्’ पौडेलले भने । सर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापनका लागि स्वर्गद्वारी नगरपालिकाका नगरप्रमुख टेक प्रसाद भण्डारीको अध्यक्षतामा निर्देशक समिति गठन भएको छ । तर एकपटक पनि बैठक बस्न सकेको छैन ।

निर्देशक समितिका सदस्य सचिव समेत रहेका स्वर्गद्वारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दल बहादुर केसीले उपचार केन्द्रमा नगरपालिकाले अहेव, नर्सिङ स्टाफ, कार्यालय सहयोगी खटाउँदै आएको बताए । केन्द्रमा नेपाली सेनाबाट २ जना प्राविधिकले सहयोग गर्दै आएका छन् ।

दुई जिल्लालाई सर्प दंश उपचारमा सहज बनेको उपचार केन्द्रको व्यवस्थापन तथा सञ्चालनमा सहजता ल्याउन दुवै जिल्लाका स्थानीय तहले समन्वय गरेको पाइएको छैन । स्वास्थ्यकर्मीको नियमितता, औषधिको उपलब्धता र स्तरवृद्धिका लागि सबै सरोकारवालाहरूले ध्यान दिनु पर्ने नागरिकको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?