© २०२३
बुटवल, ४ भदौ ।
काँग्रेसका फरार सांसद धनबहादुर केसी उर्फ डिबी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिन मंगलबार प्रदेश सभामा बैठकमा सहभागी भएका छन् । गत साउन ७ गते नेपाली कांग्रेसको समर्थनमा नेकपा (एमाले) का नेता आचार्य मुख्यमन्त्री नियुक्त भएका थिए ।
विश्वासको मत दिन उनै फरार अभियुक्त रुकुम पूर्वका कांग्रेसका सांसद धनबहादुर केसी उर्फ डिबी प्रदेश सभा बैठकमा सहभागी भएपछि विपक्षी दल माओवादी केन्द्रले सदनबाटै बिरोध गरेको थियो । प्रदेश सासंद केसी सम्बन्ध विच्छेदको नक्कली कागज बनाएपछि उनकै श्रीमती राधा केसीको जाहेरीमा (वादी नेपाल सरकार) सुनुवाइ गर्दै अदालतले केसीलाई दोषी ठहर गरेको हो । आदालतले उनलाई १ बर्ष जेल सजाय र २ हजार रुपैयाँ जरिवाना समेत तोकिसकेको छ ।
२०४८ साल असार ९ गते अदालतले दोषी ठहर गरी फैसला सुनाए पनि केसी प्रहरीकै संरक्षणमा हिडेका छन् । हालसम्म उनले सजाय भुक्तान गरेका छैनन् । नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेर उनी रुकुम पूर्वको प्रदेश (ख) बाट सांसद निर्वाचित भए । ‘अदालतबाट दोषी प्रमाणित भएका व्यक्ति सदनमा छन, जेलमा बस्नुपर्ने मान्छे सदनमा बस्नु कानुनी राज्यको उपहास हो’ प्रतिपक्ष माओवादी केन्द्रको आरोप छ ।
फरार अभियुक्त केसीले सरकारलाई बिश्वासको मत दिए पश्चात टिलिक्क टल्कने कालो गाडीमा पत्रकारको क्यामेराबाट पन्छिन खोज्दै सदनबाट चोर बाटो निस्किए र कुदे । उनले बा १ झ ७२४४ नं. को सरकारी गाडी प्रयोग गरी हातले मुख छोप्ने प्रयास गर्दै प्रदेश सभाबाट बाहिरिए । आरएआईडिपी कार्यालयको सेतो नम्बर पेलेटको गाडी सरकारकै संरक्षणमा प्रयोग गरिरहेका छन् ।
तर यता लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख कुबेर सिंह कठायतले भने उनको बिषयमा थाहा पाएको तर मुद्दाका बिषयमा सबै फाईल हेर्न बाँकी रहेको बताए । उनले फरार अभियुक्त सांसद केसीलाई संरक्षण गर्दै अदालतले गरेको निर्णय पनि आफुले स्वीकार नगरी पुनः एकपटक फाईल हेरेर अध्ययन गरेर मात्रै अगाडि बढ्ने बुटवल टुडेलाई बताए । प्रहरी प्रमुख कठायतले भने पटक पटक प्रश्नको जवाफ नदिई फोन काटेर पन्छिन समेत कोशिस गरे ।
फरार सांसद केसी अहिले सम्म प्रदेश सभाको ३८ वटा बैठकमा उपस्थित छन् । उनै फरार सांसद मंगलबार लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बिश्वासको मत दिन प्रदेश सभामा आउने सूचना थाहा पाएपछि बुटवल टुडेले जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपी र प्रदेश प्रहरी प्रमुख कुवेर कठायतसँग कुरा गर्दै फरार सांसदको उपस्थिति बारे जानकारी मागेको थियो । पछि उनलाई प्रकाउ गर्न प्रहरी परिचालन गर्ने भने पनि प्रदेश प्रहरी कार्यालयले बेवास्ता र संरक्षण गरेकै कारण प्रहरीले पक्राउ गर्न चासो नदिएको हो । बिहान सूचना पाउँदा समेत ती साँसदलाई पक्राउ गर्न प्रहरी निरीह देखिएको छ ।
प्रहरीका एक उच्च अधिकारीले गृहमन्त्रीले नै सांसद केसीलाई पक्राउ नगर्न दबाब दिएको दाबी गरे । पक्राउ नगर्न गृहमन्त्रीको दबाब छ । उनले भने, “फरार मान्छे संसदमा देख्दा पनि हामी निरिह बन्न बाध्य भयौँ ।”
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी