© २०२३
बुटवल, ४ भदौ ।
बुटवलमा प्रधान कार्यालय रहेको यातायात मजदुर तथा ब्यवसायी भलाई कोषसंग आवद्ध सदस्यहरुको उपचार अब बुटवल हस्पिटल प्रा.लि.मा हुने भएको छ । विगत २४ वर्षदेखि निरन्तर स्वास्थ्य उपचारमा स्थापित बुटवल हस्पिटलले भलाई कोषमा आबद्ध रहेका सदस्यहरु, कोषका कर्मचारी, व्यवसायी तथा मजदुरहरुका लागि विशेष छुट सहित उपचार गर्ने गरी आइतबार सम्झौता गरेको हो ।
भौतिक पूर्वाधार, अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको संयोजन गरी नमुना अस्पतालका रुपमा अघि बढेको बुटवल हस्पिटलले अब भलाई कोषसंगको सहकार्यमा उपचार प्रक्रिया अघि बढाउने भएको छ । भलाई कोषमा अहिले करिव ४ हजार सवारी साधनहरुको आवद्धता रहेको छ । जसमा सरकारी तथा नीजि साधनहरु रहेका छन् । सम्झौतापछि भलाई कोषको सिफारिसमा बुटवल हस्पिटलले बिरामीको उपचार गर्ने छ । त्यसरी संस्थागत सिफारिसमा आउने विरामीहरुका लागि हस्पिटलले विशेष छुट सहित उपचार गर्ने गरी लिखित सम्झौता भएको हो ।
सम्झौतामा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेल, विक्रम खड्का र सुमन तिमिल्सिनाले हस्ताक्षर गरेका छन् भने कोषका तर्फबाट अध्यक्ष दिनेश फुल्लेल, उपाध्यक्ष छविलाल थापा, महासचिव योग गुरुङ, सचिव बृजेश न्यौपाने, कोषाध्यक्ष प्रकाश कुमार नेपाल र कार्यालय प्रमुख थानेश्वर बस्यालले हस्ताक्षर गरेका छन् ।
दुई पक्षीय सम्झौतासंगै बिरामीहरुको उपचारका लागि सहजता मिल्ने बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष पौडेलले बताए । उनले छिटो छरितो र सर्वशुलभ ढंगले उपचार गर्नेगरी बुटवल हस्पिटलले प्रवन्ध गरेको बताए । उनले भने– “अबका दिनमा यहांका बिरामीहरु उपचारका लागि राजधानी काडमाडौंदेखि भारतीय शहरहरुमा जानु पर्ने अवस्थामा कमी ल्याउने हाम्रो उद्देश्य रहेको छ ।” उनले अहिले पनि धेरै बिरामीहरु भारतीय शहरहरुमा जाने र ठुलो धनराशी खर्च गर्ने अवस्था रहेकोले त्यसलाई रोक्ने र गुणस्तरीय सेवा दिने विषयमा लाग्नु पर्ने बताए । सम्झौता पत्रमा हस्ताक्षर गर्दै भलाई कोषका अध्यक्ष दिनेश फुल्लेलले यस क्षेत्रमै नमुना अस्पताल बनेको भन्दै यहांँको सेवा सुविधाले बिरामीहरुलाई काठमाडौं पठाउन नपर्ने बताए । उनले भने –“बुटवलमा बल्ल अस्पताल जस्तो बनेको छ, अब यहांका बिरामीलाई महँगो शुल्क तिरेर काठमाडौं या भरत पठाउन पर्दैन, सर्वशुलभ तथा छिटो छरितो उपचार पाउनका लागि बुटवल हस्पिटल हाम्रा लागि आवश्यक छ ।”
बुटवल हस्पिटल प्रा.लि.ले भर्खरै आफ्नै सुविधा सम्पन्न भवनवाट सेवा शुरु गरेको छ । झण्डै तीन दर्जन विशेषज्ञ चिकित्सकहरु सहित २ सय भन्दा बढी कर्मचारीहरुको संलग्नतामा बुटवल हस्पिटलले अत्याधुनिक प्रविधिका उपकरणहरुको प्रयोग मार्फत सेवा दिइरहेको छ । जहां सबैखालका विराहरुको उपचार सेवा रहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी