© २०२३
सुनवल, ३ भदौ ।
करदाता सेवा कार्यालय परासीको राजश्व संकलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०÷०८१ मा कार्यालयले १ अर्ब ५ करोड ५३ लाख राजश्व संकलन गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा भन्दा ८ करोड बढि राजश्व संकलन गरे पनि लक्ष्य भने पुरा हुन सकेन ।
गत आर्थिक वर्षमा कुल १ अर्ब २२ करोड राजश्व संकलनको लक्ष्य रहेकोमा लक्ष्य भन्दा साढे १६ करोड कम राजश्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा भने ९६ करोड ९२ लाखको लक्ष्य रहेको कार्यालयले लक्ष्य भन्दा बढी ९७ करोड राजश्व संकलन गरेपछि गत आर्थिक वर्षमा लक्ष्य पनि वृद्धि भएको थियो ।
८६ दशमलव १५ प्रतिशत राजश्व संकलन गर्दे कार्यालयले तुलनात्मक रुपमा सन्तोषजनक कार्य गरेको करदाता सेवा कार्यालय परासीका कर अधिकृत राजेन्द्र शाहले बताए । गत आर्थिक वर्षमा कार्यालयले आयकर तर्फ ५६ करोड ३१ लाख, मुल्य अभिवृद्धि कर तर्फ ४० करोड ६५ लाख र अन्तशुल्क मार्फत ८ करोड ५५ लाख राजश्व संकलन गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा १ हजार २०९ वटा स्थाई लेखा नम्बर दर्ता गरेको छ भने व्यक्तिगत आयकरमा लक्ष्यको तेब्बर धेरै ६ हजार ८८ जना दर्ता भएका छन् ।
कार्यालयले विभिन्न समयमा करदाता शिक्षाका कार्यक्रम, बजार अनुगमन लगायतका सचेतनाका कार्यक्रम पनि संञ्चालन गर्दे आएको कार्यालय प्रमुख, कर अधिकृत शाहले जानकारी दिए । विक्रम संवत २०७७ सालको कात्र्तिकमा स्थापना भएको सेवा कार्यालयबाट नवलपरासी पश्चिमका सेवाग्राहीलाई कर सम्बन्धी कार्यका लागि सहज भएको छ ।
सेवा कार्यालयबाट व्यक्तिगत व्यवसायिक लेखा नम्बर दर्ता, करचुक्ता प्रमाण पत्र जारी, कारोबारको विवरण आद्यावधिक गर्ने, अन्तशुल्क ईजाजत पत्र नविकरण, बक्यौता तथा बेरुजु लगतकट्टा लगाएतका काम हुदै आएको छ । यसअघि ती सेवाका लागि भैरहवा जानुपर्ने बाध्यता थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी