ट्रेंडिंग:

>> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट

सबैभन्दा वृद्ध पाण्डाले जन्माइन जुम्लाहा सन्तान, दुर्लभ घटनाले हङकङमा खुसियाली

२ भाद्र २०८१, आईतवार
२ भाद्र २०८१, आईतवार

हङकङ, २ भदौं । विश्वमा पहिलो पटक सबैभन्दा वृद्ध पाण्डाले जुम्लाहा सन्तान जन्माएकी छिन् । चिनियाँ समाचार संस्थाहरुका अनुसार हङकङको ओशन पार्कमा जन्मिएका जुम्ल्याहा पाण्डाका सन्तानहरु विश्वकै सबैभन्दा बृद्धा आमाले जन्माएकी हुन । ती जुम्लाहा बच्चाहरूलाई संसारमा स्वागत गरिएको छ ।

ओशन पार्कका अनुसार १९ वर्षीया यिङ यिङले पाँच घण्टाभन्दा प्रसव पीडा पछि एक भाले र एक पोथी सन्तानलाई जन्म दिएकी हुन्। एक सोशल मिडिया पोस्टमा ओशन पार्कले साझा गर्दै भनेको छ, ‘हङकङमा पहिलो विशाल पाण्डावाट जुम्ल्याहा सन्तानको जन्मको स्वागत गर्न पाउँदा रोमाञ्चित छौं ।’

पार्कले पाण्डाहरू सफलतापूर्वक प्रजनन गर्न वर्षौंदेखि प्रयास गरेको थियो विशाल पाण्डा महिलाहरू वर्षमा एक पटक मात्र ओभ्युलेट गर्छन्, जसले यी जुम्ल्याहा बच्चाहरूको जन्मलाई अझ विशेष बनाएको छ । यिङ यिङको १९ औँ जन्मदिनको एक दिनअघि ओशन पार्कमा अगस्ट १५ मा शावकको जन्म भएको थियो। उनी संसारको सबैभन्दा पहिलो वृद्ध पाण्डा दुई सन्तानको आमा बनेकी हुन ।

‘यो जन्म एक साँचो दुर्लभता हो, विशेष गरी यिंग यिंगलाई पहिलो पटक सफलतापूर्वक जन्म दिने रेकर्डमा सबैभन्दा पुरानो विशाल पान्डा हो,’ पार्कले सामाजिक सञ्जाल पोस्टमा भनेको छ । ‘पहिलो पटक आमाको रूपमा प्रसवको समयभरी यिङ यिङ नर्भस थिइन्। उनले आफ्नो धेरैजसो समय भुइँमा सुतेर र घुमेर बिताइन्, अन्ततः बिहान उनले सन्तानलाई संसारको सामु देखाईन्’ चिनियाँ सञ्चारमाध्यमले लेखेका छन ।

जुम्ल्याहा बच्चाहरू एक घण्टाको अन्तरमा जन्मिएका थिए । ओशन पार्कलेका अनुसार पार्कको पशु बिशेषज्ञ टोली र भेटनरी विशेषज्ञहरूले आराम प्रदान गराएका थिए । उनीहरुका अनुसार यिङ यिङले क्रमशः बिहान २.०५ बजे र ३.२७ मा सुरक्षित रूपमा जुम्ल्याहा बच्चाहरू जन्माउन सकिन ।

नवजात शिशुहरू विशेष गरी पोथी धेरै कमजोर हुन्छन्। जुम्ल्याहा बच्चाहरू ओशन पार्कका पशु विशेषज्ञहरू र भेटेरिनरी टोलीद्वारा २४ घण्टा हेरचाह र निरीक्षणमा रहेका छन्। पार्कका अनुसार अहिले कुनै नाम नराखिएका पोथी पाण्डा भाइको तुलनामा शरीरको तापक्रम कम छ र कमजोर भएकाले रोइराखेकी छे र खाना पनि कम खाईरहेकी छे ।

पोस्टको अन्त्यमा ‘हामी सबै विशाल पाण्डाका सन्तालाई भेट्न उत्सुक छौं। कृपया केही महिना धैर्यताका साथ तिनीहरूलाई बाँच्न दिए पछि सबैलाई आधिकारिक रूपमा देखाउँनेछौं, पर्खनुहोस् । पार्कका कर्मचारीले खुसीयालीमा केक काटेर खाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission