ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

सत्ता गठबन्धन संकटतर्फः विष्णु पौडेल

५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

बुटवल, ५ कात्तिक ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन संकटतर्फ धकेलिएको बताएका छन् । गठबन्धनभित्रको असन्तुष्टी र किचलोले उ आफै संकटमा धकेलिएको उनले बताए ।

रुपन्देही–तानसेन सम्पर्क मन्चले शनिबार बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै पौडेलले एमालेले विकास बाहेक अरु कुरा सुन्नै नचाहने पनि बताए । “एमालेको एकमात्र उद्देश्य विकास र समृद्धि हो, तर सत्ता गठबन्धन एमालेको उछितो काढेर आफ्नो स्वार्थ सिद्ध गर्ने दिशामा अघि बढेको छ”–पौडेलले भने ।

उनले पाल्पासँग आफ्नो भावनात्मक सम्बन्ध गाँसिएको भन्दै पाल्पाको विकासका लागि आफूले सहयोगी भूमिका निर्वाह गर्ने पनि बताए । पौडेलले पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका ठाकुर गैरे आन्दोलनबाट स्थापित नेता भएको भन्दै उनलाई विजयी गराएमात्र आन्दोलनप्रति न्याय हुने बताए ।

कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य एवं पाल्पा क्षेत्र नम्बर २ का उम्मेदवार ठाकुर गैरेले तानसेनको विकासका लागि आफूले कहिल्यै व्यक्तिगत स्वार्थ नहेरेको बताए । पाल्पामा बिगतदेखिको एमालेको विरासत जोगाउन सबै कार्यकर्ता पंक्ति र जनता एकतावद्ध हुनु जरुरी रहेको पनि उनले बताए ।

कार्यक्रममा पाल्पा क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश १ का एमाले उम्मेदवार फर्सुराम भट्टराई, प्रदेश २ का उम्मेदवार ओमबहादुर घर्ती, समानुपातिक उम्मेदवार इन्द्राकुमारी गहतराज, एमाले नेता धनेन्द्र घिमिरे, कुलप्रसाद नेपाललगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?