Butwal Today

ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि गठ्ठाघरमा तनाव

३१ श्रावण २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

भक्तपुरको गठ्ठाघरमा ट्रक (कन्टेनर) को ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । ना. ६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिएको भक्तपुर प्रहरीले जनाएको छ । मृतक महिलाको सनाखत हुन सकेको छैन ।

दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । अहिले गठ्ठाघरको अवस्था तनावग्रस्त छ ।सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको छ । ट्राफिकले स्कुटरलाई बीच बाटोमा चेकिङ गरिरहेको बेला ट्रकले ठक्कर दिएको भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् । सोक्रममा प्रदर्शनकारीले ट्राफिक प्रहरीलाई समेत लखेटेका थिए ।