ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने
मुख्य खबर

विष्णु पौडेलले भने–मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा

संकट समाधानका उपाय खोज्न उद्योगी व्यवसायीको आग्रह
५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

बुटवल, ५ कात्तिक ।

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुक इतिहासकै डरलाग्दो आर्थिक संकटमा पुगेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नाकाबन्दी, भूकम्प तथा कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको उनले बताए ।

नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक यो अवस्थामा पुगेको उल्लेख गरे । मुलुकको आर्थिक अवस्था गम्भिर अवस्थामा पुगेको बताउँदै उनले सरकारबाटै नीजि क्षेत्रको घाँटी निमोठ्ने काम भएको टिप्पणी गरे ।

नेपाल उद्योग तथा व्यवसायी महासंघले शनिबार बुटवलमा आयोजना गरेको उद्योगि तथा व्यवसायी भेलामा बोल्दै पौडेलले सरकारको गलत आर्थिक नीतिका कारण नीजि क्षेत्र पलायन हुने तथा श्रमिकको घरमा आगो नबल्ने अवस्थामा आइपुगेको गुनासो गरे ।

उक्त कार्यक्रममा सहभागी यसक्षेत्रका उद्योगी, व्यवसायीहरुले विद्यमान आर्थिक संकटको समाधानका लागि उपयुक्त उपायको अबलम्न गर्न आग्रह गरेका छन् । उनीहरुले मुलुकमा चरम मूल्यवृद्धि भएको र आर्थिक क्षेत्र जर्जर बन्दै गएको भन्दै पूर्वअर्थमन्त्रीका रुपमा विशेष कार्यक्रम तयार पार्न सुझाव दिएका थिए ।

उद्योगी व्यवसायीका सुझाव तथा टिप्पणीहरुबारे प्रष्ट पार्दै पूर्वअर्थमन्त्री पौडेलले आफू अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेको र संकटग्रस्त अवस्थामा रहेको आर्थिक क्षेत्रको सुधारका समेत कार्यक्रम समावेश गरेर प्रतिवद्धता पत्र जारी गरिने बताए ।

अस्वभाविक रुपमा करको दर हेरफेर, बैंक ऋणको ब्याजदरमा उच्च वृद्धि लगायत कारणले नीजि क्षेत्रलाई सरकारबाटै आतंकित बनाउने काम भएको भन्दै उद्योगी व्यवसायीहरुले यस्ता विषयमा राज्यले विशेष कदम चाल्नुपर्नेमा उल्टो सेटिङमा केन्द्रित रहेको भन्दै गुनासो गरेका थिए ।

गठबन्धनको नाममा सत्ता स्वार्थ र केही निहित व्यक्तिको स्वार्थ पूर्तिका लागि अपनाइएको आर्थिक नीतिले मुलुकको उद्योग व्यवसाय ध्वस्त हुने अवस्थामा पुगेको उनले टिप्पणी गरे । सरकारले बैंकको ब्याजदरमा उच्च वृद्धि गरेपछि आन्दोलनरत उद्योगी व्यवसायीहरुको मागप्रति ऐक्यवद्धता जनाउँदै उनले उनीहरुको माग पूरा गराउनका लागि आफ्नो साथ रहेको उल्लेख गरे । कोरोना महामारीले धरासायी भएका नीजि क्षेत्र तथा उद्योगी व्यवसायीलाई सरकारबाटै ढाडमा हान्ने काम भएको भन्दै पौडेलले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्नु तथा ब्याजदर वृद्धिको कडा आलोचना गरे ।

उक्त कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य तथा रुपन्देही क्षेत्र नं. २ (१) का उम्मेदवार लिला गिरीले स्वाधीन र सबल अर्थतन्त्र निर्माणलाई ध्यान दिदै समृद्धिका आधार तयार पारिएको उल्लेख गरे । उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि केन्द्रित रहेर एमालेले कार्यक्रम बनाइ कार्यान्वयन भइरहेको बताए । केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर अध्यादेशको सरकार बनाउने खेलले मुलुकमा अस्थिर राजनीतिको सुरुवात गर्नुनै आर्थिक संकटको पहिलो कारण भएको उनको भनाइ छ ।

नेता गिरीले निजी क्षेत्रको मागप्रति ऐक्यवद्धता जनाउँदै आर्थिक समृद्धिका लागि एमालेको नै सरकार बन्न आश्यक रहेको औल्याए । सुरु गरेका पूर्वाधार तथा विकास निर्माणका योजनाहरु पूरा गर्नका लागि फेरी पनि ऐमाले सरकार आवश्यक रहेको बताउँदै उनले मतदानका लागि सबैलाई आह्वान गरे ।

यसैगरी रुपन्देही–२ (२) का एमाले उम्मेदवार तथा एमाले लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले उद्योगी व्यवसायीहरुको माग सम्बोधनका लागि एमाले सकारात्मक भएको बताए । वर्तमान सरकारबाट नीजि क्षेत्र तथा उद्योगी व्यवसायीले ठूलो अपेक्षा गर्नु बेकार भएको बताउँदै सरकार गठनका लागि आगामी मंसिर ४ मा एमालेको बहुमत आवश्यक रहेको उल्लेख गरे ।

उद्योगी व्यवसायीहरुको तर्फबाट बोल्दै नेपाल उद्योग व्यवसायी महासंघका अध्यक्ष माधव नेपालले आगमी मंसिर ४ को निर्वाचनमा आफूहरुको एमालेलाई साथ रहेको बताए । सरकारले बैंक ब्याजदरमा उच्च वृद्धि गरी आतंक मच्चाएको गुनासो गर्दै उनले गठबन्धनको नेतृत्वमा बन्ने सरकारले उद्योगी व्यवसायीलाई फाइदा गर्दैन भन्ने प्रमाणित भैसकेको उल्लेख गरे ।

उद्योग व्यवसायी महासंघका केन्द्रीय सचिव बालाराम भट्टराईले अर्थतन्त्र कमजोर र जर्जर बनिरहेकाले यसको सुरक्षा र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित रहेर योजना बनाउन पार्टी नेतृत्वसंग आग्रह गरे । उनले उद्योगी व्यवसायीले भोग्नुपरेका गम्भीर समस्या र त्यसको समाधानका लागि उपयुक्त उपाय अबलम्बन गर्न आग्रह गरे । कार्यक्रमको सहजीकरण महासंघका नगर अध्यक्ष माधवकुमार खनालले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?