ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य
झिलिमिलि पर्व तिहार

माटोले बनाइएको दियो र पालामा बढ्दो आकर्षण

५ कार्तिक २०७९, शनिबार
५ कार्तिक २०७९, शनिबार

चन्द्रौटा(कपिलवस्तु), ४ कात्तिक ।

माटोसँगै रमाउने मुनीराम कोहारलाई चाडपर्वको चटारो लागेको छ । विगत तीन पुस्तादेखि पेशा अंगाल्दै आएका उनलाई दियो, गमला, भुर्की, पाला, घण्टी, हाँडी र खपरी लगायत माटोबाट निर्मित सामग्री बनाउन अहिले चटारो लाग्ने गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–११, समेरी घर भएका कोहार उमेरले उनी ६८ बर्षका छन् । पुर्खाैली सीप सिकेर उनी सोही पेशालाई नै मुख्य रुपमा अगाडि सारेका छन् ।

पुर्खाले गरेको भन्दा उनले व्यावसायिक ढंगले पेशालाई तीव्रता दिएको पाइन्छ । प्लाष्टिक, स्टिल तथा फलाम लगायतका वस्तुले माटोका हस्तकला सामग्री विस्थापित हुँदै आएको थियो । तर पछिल्लो समय माटोले बनेका हाँडी, दियो, गाग्री जस्ता सामग्री लोपोन्मुख भएपनि पछिल्लो समय आकर्षण बढको छ ।

पछिल्लो पुस्ताले अत्याधुनिक प्रविधिको प्रयोगले हस्तकला सामग्री लोप हुँदै गएपनि अहिले युवाको आकर्षक बढेकाले बजारमा यसको माग बढेको छ । युवा पुस्ताले माटाको भाँडामा पकाएको तरकारी अत्याधिक रुचाउन थालेको स्थानीय कमल पोख्रेलको भनाई छ ।

चाडपर्व नजिकिएसँगै विशेषगरी झिलिमिलिको पर्व दिपावलीलाई लक्षित गरी दियो, भुड्की र गमला लगायतको हस्तकला सामग्री बनाउन कोहारलाई भ्याइनभ्याई भएको छ । आफूले सिकेको सीप युवा पिँढीमा हस्तान्तरण गर्न नसक्दा लोप भएको कोहार बताउँछन् । मुख्य पेशाको रुपमा हस्तकलालाई अगाडि सारेका बताउँदै फुर्सदको समय खेतीपातीलाई दिने गरेको जानकारी दिए ।

उनले भने–“यही पेशाले हामीलाई जीवन दिएको छ, पुख्र्यौली पेशा हो, पछिल्लो समय सरकारी पक्षबाट बजारीकरण लगायतको व्यवस्थापन भए अझै सहज हुने थियो ।”

नजिकै रहेको चन्द्रौटामा प्रत्येक बुधबार लाग्ने हाटबजारमा बिक्रीको लागि जाने गरेको उनले बताए । कच्चा सामग्री भएकोले बजारसम्म लैजाँदा क्षति व्यहोर्नुपरेको जनाउँदै घरपरिवार नै यही पेशाले आत्मनिर्भर रहेको मुनिरामको भनाइ छ ।

चाडवाड, पुजापाठ भएको बेला घरमै पुगी आवश्यक सामग्री लैजाने गरेको बताउँदै घरमा उनलाई मात्र यो सीप भएकोले भाँडाकुडा बनाउन परिवारले समेत सघाउने गरेको जनाए । घरपरिवारसँग बसेर लामो समयदेखि माटोसँग रमाउँदै आएका कोहारले मनग्ये आम्दानी हुने गरेको बताए । भाँडो बनाउने माटो टाढाबाट ल्याउनुपर्ने बाध्यता रहेको जनाउँदै स्थानीय स्तरमा काठ नपाइने भएकोले उनले चिन्ता व्यक्त गरे । बनाइएको सामग्री पकाउन काठ नै चाहिने भएकाले खरिद गर्दा महँगो पर्ने गरे कोहारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?