© २०२३
काठमाडौँ । गतसाता विश्वभरका शेयर परिसूचकमा आएको गिरावटपछि सोमबार एसियाली बजारमा पनि गिरावट आएको छ । भारतीय बजारमा पनि गिरावट देखिएको छ । निफ्टी हाल करिब ७०० कले घटेको छ भने सेन्सेक्सले लगभग २२०० अंकको गिरावट देखेको छ ।
त्यस्तै जापानको निक्की २२५ अंकले घटेको छ भने टपिक्स ८ प्रतिशतले गतेको छ । त्यसैगरी ताइवानको मुख्य स्टक सूचकांक ७.७ प्रतिशतले घटेको छ । दक्षिण कोरियाको कोस्पी सूचकांक ६.६ प्रतिशतले घटेको छ । सामसुङलगायत चिप बनाउने कम्पनीको कारोबारमा कमी आएको छ ।
तर, हङकङको ह्याङ सेङमा ०.२ प्रतिशत मात्रै गिरावट आएको छ । यसैबीच, सांघाई स्टक एक्सचेन्ज अलिकति बढेको छ । त्यस्तै क्रिप्टोकरेन्सीमा पनि गिरावट आएको छ । बिटक्वाइनको मूल्य करिब ५३ हजार डलर रहेको छ । जुन फेब्रुअरी पछिको सबैभन्दा कम हो ।
शुक्रबार अमेरिकामा रोजगारीसम्बन्धी तथ्याङ्क सार्वजनिक भएपछि न्यूयोर्कमा स्टकमा तीव्र गिरावट आएको छ । इरान र इजरायलबीच युद्धको आशंकापछि अमेरिका र एशियाको शेयर बजारमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी