ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

पुस्तकालय गतिविधिका कारण पढ्ने सिप र बानीको विकास

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

सल्यान, २१ साउन ।
सल्यानका सामुदायीक विद्यालयमा सञ्चालन गरिएको पुस्तकालय गतिविधिका कारण महत्वपूर्ण सफलता प्राप्त हुन थालेको छ । साक्षरता कार्यक्रम अन्तर्गत प्रारम्भिक तहका बालबालिकाहरूको पढ्ने सिप र पढ्ने बानीको विकास गर्न पुस्तकालयले महत्वपूर्ण सफलता प्रदान गरेको हो । आइतबार श्रीनगरमा आयोजित कार्यक्रममा पुस्तकालय गतिविधिमा संलग्न शिक्षकहरूले वालवालिकाहरूमा पढ्ने बानीको विकास संगै अनुशासन र अन्य व्यवहारिक पक्षमा सुधार आएको बताए ।
सोमबार सम्म सञ्चालन हुने पुस्तकालय पढाई गतिविधि पुर्नताजगी तालिममा पढाइ गतिविधी कार्यान्वयनका सफलता र चुनौतीहरूबारे सामुहिक छलफल गरिएको छ । पढाइ गतिविधी क्रियाकलापहरूको पुनरावलोकन तथा पुस्तकालय दिगोपनाका क्षेत्रहरूका बारेमा छलफल गरी कार्यक्रमको निरन्तरताका लागि तालिमको आयोजना गरिएको रुम टु रिडका सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले जानकारी दिए ।

जिल्लाको बागचौर नगरपालिकाका ९, छत्रेश्वरी गाउँपालिकाका ६, दार्मा गाउँपालिकाका ३ र त्रिवेणी गाउँपालिकाका ६ विद्यालय गरी जम्मा २४ जना शिक्षकहरू तालिममा सहभागि छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख केशर बहादुर वलीले साक्षरता कार्यक्रमले राम्रो प्रभाव पारेको भन्दै पुस्तकालयको दिगोपना र साक्षरता कार्यक्रमलाई निरन्तरता दिनका लागि विद्यालयहरूले कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रस्तुत गरिएको एक तथ्यांक अनुसार हाल साक्षरता कार्यक्रम सञ्चालन भैरहेका ६८ विद्यालयका ४ हजार ३९९ जना विद्यार्थीले ६ महिनाको अवधिमा ३६ हजार ९६२ पुस्तक पढेका छन् । साक्षरता कार्यक्रमले पालिकाहरूबाट लिएको तयांक अनुसार एक विद्यार्थीले ६ महिनाको अवधिमा औसत ८ वटा पुस्तक पढेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए ।

पहिलो दिनको तालिममा सहभागि शिक्षकहरूले पुस्तकालय पढाइले प्राप्त भएका सफलता तथा चुनौतीहरू प्रस्तुत गरेका थिए । शिव मावि बागचौर ११ हारिचारका शिक्षक दिपक खत्री, राष्ट्रिय मावि दार्मा १ दार्माकोटका शिक्षक पदम परियार, सिद्धेश्वरी आवि छत्रेश्वरी ४ चौरपाटाका शिक्षक विमला केसी र माध्यमिक विद्यालय त्रिवेणी ३ टोट्केका शिक्षक मनोज महताराले विद्यालयमा पुस्तकालय पढाइले धेरै सुधार गरेको जनाए । उनीहरूका अनुसार बालवालिकामा पढाइस्तरको बृद्धि र नियमित पढ्ने बानीको विकास भएको छ भने पुस्तकालय पढाई गतिविधिका कारण स्वस्थ प्रतिष्पर्धाको भावना जागृत भइ पढाइमा सुधार आएको छ । यस्तै समूहमा बसेर बालबालिकाले स्तर अनुसारका पुस्तक पढ्न पाएका छन् भने चित्र हेर्दै मनोरञ्जनात्मक रूपमा सक्रियताका साथ पढाइमा संलग्न हुनेगरेका छन् । तालिममा पुस्तकायको दिगोपना, पुस्तकहरूको सुरक्षा, जनशक्ति व्यवस्थापनमा देखिएको समस्यालाई समाधान गर्ने विषयमा पनि वृहत छलफल हुने जनाइएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका कार्यवाहक अध्यक्ष शंकर केसी, आसमान नेपालका लक्ष्मण थापा, प्रारम्भीक कक्षा सिकाइ कार्यक्रमका पदम कठायत लगायतको सहभागिता रहेको थियो ।

जिल्लाका स्थानिय तहको लागत साझेदारी सहित रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, दलित विकास समाज सल्यानको व्यवस्थापनमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ । हाल सम्म सल्यानका १२२ विद्यालयमा यो कार्यक्रम लागू भइसकेको छ । जस मध्ये ५४ वटा विद्यालयमा साक्षरता कार्यक्रम हस्तान्तरण भइसकेको छ भने ६८ विद्यालयमा कार्यक्रम सञ्चालनमा छ । यस्तै २५ वटा विद्यालयमा स्थानीय सरकारको आफ्नो मात्रै लगानीमा साक्षरता कार्यक्रम संचालन भइरहेको रुम टु रिडका सिनियर कार्यक्रम सहायक वलीले जनाए । शारदा नगरपालिकाले १५ वटा र बागचौर नगरपालिकाले १० वटा विद्यालयमा आफ्नै लगानी र रुम टु रिडको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिरहेको उनले जनाए ।
श्रीनगरमा सञ्चालन भइरहेको पुस्तकालय पढाई गतिविधि पुर्नताजगी तालिममा साक्षरता सहजकर्ताहरू सुनिल नेपाली, सिता गिरी, महेश देवकोटा, कमल महतारा र गिता गिरीले सहजिकरण गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?