ट्रेंडिंग:

>> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी

वर्ष २८–रक्तदान ४०

मलाई आकस्मिक रगत दिनका लागि फोन आयो । म रक्तसंचार केन्द्र बुटवलमा आएर रगत दिएँ । रगत पाएपछि सुत्केरीकी आमाले खुशीको आँशु बगाईन । त्यसबेला साँच्चै नै यो काम आफैमा ठूलो हो भन्ने लाग्यो । अनि रक्तदानलाई मैल नियमित गरे ।
१९ श्रावण २०८१, शनिबार
१९ श्रावण २०८१, शनिबार

बुटवल, १९ साउन ।
रक्तदानलाई सेवासँग जोड्नेहरू पनि धेरै छन् । कतिले आफ्नो स्वास्थ्यसँग पनि जोडेर रक्तदान गरिरहेका छन् । गुल्मीको रुरु गाउँपालिकाको रिडि बजारमा जन्मिएकी श्रेया ज्ञवाली यसैमध्येकी एक हुन् । जसले रक्तदानलाई नियमित गर्दै सेवा र सन्तुष्टिमा जोडेकी छिन् ।
ज्ञवालीले करिव १० वर्ष अगाडीबाट रक्तदान गर्न शुरु गरेकी हुन् । अरूले रक्तदान गरेको देख्दा देख्दै उनी यो अभियानमा जोडिएकी हुन् । शुरुमा त कस्तो हुन्छ होला भन्ने जिज्ञासा थियो । त्यो समयमा सबैले रक्तदान गर्ने भन्ने समाचारहरू मात्र देखेको थिएँ । मनमा कता कता रक्तदान गर्न पाए नि हुन्थ्यो भन्ने रहर थियो । त्यो अवसर २०७० सालमा म मणिमुकुन्द कलेज पढ्दै थिएँ, त्यहि बेला जुरेको हो । बुटवल रक्तदाता संघले हाम्रो कलेजमा रक्तदान कार्यक्रम राखेका कारण नै मैले पहिलो पटक रक्तदान गर्ने अवसर पाएँ । शुरुमा अरू डराउँदा पनि मलाई केही भएन । सामान्य नै लाग्यो । त्यसबेला मलाई मेरो शरिरको रगत प्लास्टिकको पोका जम्मा हुँदै गर्दा अत्यन्त रमाईलो महसुस भएको थियो । मनमा यो रगत अब कस्को शरिरमा जान्छ होला ? कसरी लैजान्छ र दिन्छन् होला ? भनेर म सोचिरहन्थे । त्यहि सोंचाई रक्तदान गरे पछिको खुशीले मलाई फेरी पनि रगतदान गरिरहन प्रेरित ग¥यो उनले थपिन ।

उनले भनिन्–‘पहिलो चरणमा मैले तीनपटक रक्तदान गरेको थिएँ । त्यसै बीचमा मलाई आकस्मिक रगत दिनका लागि फोन आयो । म रक्तसंचार केन्द्र बुटवलमा आएर रगत दिएको थिएँ । त्यसबेला बिरामीको आमा रगत लिन आउनु भएको थियो । उनले मलाई ठूलो मान्छे होला भनेको सानी उमेरकी नै रहिछिन भन्दै रगतले आफ्नी सुत्केरी छोरीको ज्यान जोगिन्छ भनेर खुशीको आशु बगाईन । त्यसबेला लाग्यो साँच्चै नै यो काम आफैमा ठूलो हो भन्ने लाग्यो अनि रक्तदानलाई नियमित गरे ।’

प्रत्येक तीन महिना हुने बित्तिकै रक्तदान गरिहाल्छु । यो मेरो जीवनको नियमित कर्म भएको छ । यसरी रक्दान गर्दा मलाई शुरुमा घरपरिवारले पनि धेरै गर्न हुन्न भन्नु भयो तर पछि मैले यसका राम्रा पक्ष बुझाएपछि चिन्ता गर्नुहुन्न । तर पनि आफन्तहरूले छोरी मान्छेको शरिर कमजोर हुन्छ भनेर रक्दान गर्नु राम्रो होईन भनेर विभिन्न टिप्पणी गर्नुहुन्छ म त्यो विषयलाई महत्व दिन्न ।

मैले अहिले पनि तीन महिनाको फरकमा रक्तदान गरिरहेको छु । खै मलाई कहिले पनि आफूलाई रक्तदान गरेकै कारणले कमजोर महसुस भएको छैन । बरु यसले मलाई शरिरिक रूपमा तन्दुस्त बनाएको महशुस त हुन्छ नै उत्तिकै मात्रामा सन्तुष्टि पनि । हाम्रो समाजमा अहिले पनि रक्तदान गर्नु शरिरिक रूपमा कमजोर हुनु हो भन्ने भ्रम छ यसलाई बुझाउन नसक्नु पनि यो अभियानसँग जोडिएका हामीहरूको कमजोरी हो जस्तो लाग्छ मलाई । हाम्रो समाजमा अहिले पनि आफ्ना बिरामीलाई रगत दिन प¥यो भन्दा डराएर भाग्नेहरूको संख्या धेरै छ । उनीहरूलाई रगत निकाल्दा आफू कमजोर हुन्छ भन्ने भ्रम छ । तर नयाँ पुस्ताहरूमा रक्तदान गर्ने क्रम बढिरहेको छ । आजभोली विभिन्न क्लव, संघ संस्था सहकारीहरूले बेलामौकामा रक्तदान कार्यक्रमहरू महत्व दिएर गरिरहेका छन् ।

रूपन्देहीको तिलोत्तमा नगरपािलकामा बस्ने श्रेया उमेरले २८ वर्षकी भईन । उनले अहिले सम्म ४० पटक सम्म रक्तदान गरिरहेकी छन् । कहिले नियमित त कहिले आकस्मिक रूपमा रगत दान गर्ने उनलाई आफनो शरिरबाट खेर जाने रगत अरूलाई दान गरेर जीवनमा ठूलो पुण्य कमाएको महसुस हुन्छ । उनी भन्छिन्, दानमा पनि सबै भन्दा ठुलो दान रक्तदान हो । यसले कसैलाई जीवन दिन्छ त्यसैले पनि मलाई आत्मसन्तुष्टि मिल्छ । म त मेरो शरिरले साथ दिएसम्म यो अभियानमा जोडिरहन्छु । यसले शारीरिक, मानसिक रूपमा स्वस्थ राख्ने भएकाले अरू सबैलाई रक्तदान अभियानमा जोडिनु पर्छ भन्ने लाग्छ ।

उनी भन्छिन्–‘रक्तदान गर्दा शारीरिक रूपमा परिक्षण गरेर गर्ने भएकाले शरिरलाई कुनै असर नहुने उनको भनाई छ । खेर जानी रगतलाई दान गरेर अरूलाई जीवन दिन किन कन्जुसाई गर्ने ? उनको प्रश्न छ । पछिल्लो समयमा हुने गरेका दुर्घटनाका कारण पछिल्लो समयमा धेरै रगत अभावहरू भईरहेका छन् । त्यसैले स्वास्थ्य परिक्षण गरेर रक्तदान गर्नुपर्छ । यसले यो अभावलाई टार्दै धेरैको अकालमा ज्यान जानबाट बचाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?