ट्रेंडिंग:

>> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा

कार्ल्सबर्ग ग्रुपले कार्ल्सबर्ग इन्डिया र गोर्खा ब्रुअरीको शेयर किन्ने सम्झौता

१८ श्रावण २०८१, शुक्रबार
१८ श्रावण २०८१, शुक्रबार

काठमाडौँ । कार्ल्सबर्ग ग्रुपले, कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेडबाट ३३.३३ प्रतिशत सेयर खरिद गर्ने सम्झौता भएको छ । कार्ल्सबर्ग साउथ एसिया प्राइभेट लिमिटेड, कार्ल्सबर्ग इन्डिया प्रालि र नेपालमा रहेको गोर्खा ब्रुअरीको होल्डिङ कम्पनी हो । यस सम्झौता बमोजिम, कार्ल्सबर्ग ग्रुपले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गर्नेछ ।

प्रस्तावित कारोबारको सम्झौता समाप्ति पश्चात कार्ल्सबर्गले भारतमा रहेको सम्पूर्ण ब्यापारको शतप्रतिशत स्वामित्व प्राप्त गर्नेछ तथा कार्ल्सबर्ग साउथ एसियाको सेयर स्वामित्व मार्फत नेपालमा रहेको गोर्खा ब्रुअरीको ९९.९४ प्रतिशत सेयर स्वामित्व पनि प्राप्त गर्नेछ ।

प्रस्तावित कारोबारको कुल खरिद मूल्य ७४४ मिलियन अमेरिकी डलर रहेको छ । कारोबारको ७४४ मिलियन अमेरिकी डलर मध्ये २०७ मिलियन अमेरिकी डलर रकम हालका लागि कार्ल्सबर्गसँग रहनेछ । जुन रकम खरिद बिक्री सम्झौताको अधिनमा रहेर आउन सक्ने दाबीको भुक्तानी गरी बाँकी रहेको रकम आगामी ३ देखि ५ वर्षभित्र हस्तान्तरण गरिसक्ने छ ।

प्रस्तावित कारोबारहरु सन् २०२४ को अन्तिम त्रैमाससम्ममा सम्पन्न गरिसक्ने अपेक्षा गरिएको छ । प्रस्तावित कारोबार हुनका लागि दुई पक्षबीच केही विशेष सर्तहरु पूरा हुनुपर्ने गरी सम्झौता भएको छ । यो सम्झौता सम्बन्धि सर्तहरु पूरा गर्नुका साथै नेपालमा कारोबार हुँदा पालना गर्नुपर्ने सरकारी स्वीकृतिका आवश्यक विषयहरु पनि यसमा समावेश छन् । प्रस्तावित कारोबारहरूलाई भारतको प्रतिस्पर्धा आयोगले अनुमती दिइसकेको हुनाले कुनै पनि अन्य नियामक एन्टीट्रस्ट अथोरिटी को आधार यस कारोबारमा समावेश हुने छैन ।

कार्ल्सबर्ग साउथ एसियामा बाँकी रहेको सेयरहोल्डिङ को खरिदले कार्ल्सबर्ग साउथ एसिया र कार्ल्सबर्ग इन्डिया प्रालि पहिलेदेखि नै पूर्णतया एकिकृत भएका कारण कार्ल्सबर्ग ग्रुपको लेखामा कुनै पनि प्रभाव नपार्ने बताइएको छ । कार्ल्सबर्ग साउथ एसियाको सेयरहोल्डिङ मार्फत् नेपालमा गोर्खा ब्रुअरीमा रहेको व्यवसाय हाल नियन्त्रणको अभावका कारण कार्ल्सबर्ग ग्रुपको खातामा सम्बद्ध कम्पनीको रूपमा बर्गिकरण गरिएको छ । तर कार्ल्सबर्ग साउथ एसियाले गोर्खा ब्रुअरीमा थप ९.९४ प्रतिशत सेयर खरिद गरेपछि पूर्ण रूपमा एकिकृत हुनेछ ।

यो सम्झौता बारे कार्ल्सबर्ग ग्रुपका प्रमुख कार्यकारी अधिकृत जाकोब आरुप एन्डरसन भनेका छन् – हामी हाम्रा साझेदारसँग मैत्रीपूर्ण सम्झौतामा पुग्न सक्षम भएकोमा र दुईवटा महत्वपूर्ण एसियाली व्यवसायहरुमा पूर्ण नियन्त्रण हासिल गर्न सकेकोमा असाध्यै खुशी छौं । भारतमा व्यापार बिस्तार गर्नु हाम्रो कम्पनीको एक्सलेरेट सेल स्ट्राटेजीको प्रमुख प्राथमिकता हो । हामी यस रोमाञ्चक बियर बजारमा दीर्घकालीन वृद्धिका अवसरहरु हासिल गर्न लगानीलाई तीब्र रुपमा बढाउनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?