ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

इरानको इजरायल आक्रमण धम्कीसंगै एयर इण्डियाले बन्द गर्यो उडान

इजरायल–हमास युद्धका कारण पश्चिम एसियामा तनाब
१८ श्रावण २०८१, शुक्रबार
१८ श्रावण २०८१, शुक्रबार

काठमाडौँ । इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्यापछि पश्चिम एसियामा तनाव उत्कर्षमा पुगेको छ । इरानले हानियाको मृत्युको बदला लिन इजरायलमाथि आक्रमण गर्ने धम्की दिएको छ । इजरायल उच्च सतर्कतामा छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै भारतीय वायुसेवा कम्पनी एयर इन्डियाले भारत र इजरायलको राजधानी तेल अवीवबीचको उडान सेवा बन्द गर्ने निर्णय गरेको छ ।

एयर इन्डियाले एक विज्ञप्ति जारी गर्दै अगस्त ८ सम्म सेवा बन्द गर्ने घोषणा गरेको छ । एयर इन्डियाले भनेको छ, पश्चिम एसियाको अवस्थालाई ध्यानमा राख्दै हामीले तेल अवीवमा प्रस्तावित उडान तत्काल प्रभावबाट रोक्ने निर्णय गरेका छौं। तेल अभिभबाट आउने र यहाँबाट तेल अवीव जाने हवाई सेवाहरू हाल अगस्ट ८, २०२४ सम्म बन्द हुनेछन् । हामीले स्थितिको निरन्तर निगरानी गरिरहेका छौं ।

बुधबार इरानमा हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएको थियो । हमासले यसका लागि इजरायललाई दोष दिएको छ । योसँगै इरानले पनि इजरायललाई आक्रमण गर्ने धम्की दिएको छ । यसको जवाफमा इजरायलले पनि इरानलाई कडा जवाफ दिने बताएको छ । इस्माइल हानियाको मृत्यु हुनुभन्दा एक दिन अघि, लेबनानको बेरुतमा इजरायली आक्रमणमा एक शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका थिए । जसमा हिजबुल्लाहले इजरायलले बदला लिने धम्की दिएको छ ।

हिजबुल्लाहले इजरायलमा रकेट आक्रमण समेत सुरु गरेको छ । इजरायल–हमास युद्धका कारण पश्चिम एसियामा तनाब बढेको भएपनि अहिले पछिल्लो घटनाक्रमका कारण तनाव उत्कर्षमा पुगेको छ र अब इजरायल–हमास युद्ध पश्चिम एसियाभर फैलिन सक्ने आशंका गरिएको छ । अमेरिकाले इरानले इजरायलमा आक्रमण गरे इजरायलको सुरक्षाका लागि सबै सम्भव सहयोग गर्ने घोषणा गरेको छ । यही कारणले गर्दा एयर इन्डियाले सावधानीका रूपमा केही समयका लागि तेल अवीवका लागि उडान सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?